१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

हरित आकर्षणमा उकालो: मकवानपुरकाे वृन्दावन वनस्पति उद्यानमा पर्यटकको चाप बढ्दै

हरित आकर्षणमा उकालो: मकवानपुरकाे वृन्दावन वनस्पति उद्यानमा पर्यटकको चाप बढ्दै
अ अ+ अ-

काठमाडाैँ । हेटौँडा उपमहानगरपालिका–१२ स्थित वनस्पति अनुसन्धान केन्द्र मकवानपुरअन्तर्गतको वृन्दावन वनस्पति उद्यान आन्तरिक तथा बाह्य पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । वन तथा वातावरण मन्त्रालयको वनस्पति विभागअन्तर्गत लोपोन्मुख वनस्पतिको खोज, अनुसन्धान र संरक्षण गर्दै आएको वनस्पति अनुसन्धान केन्द्रद्वारा संरक्षित वृन्दावन वनस्पति उद्यानमा अध्ययन, भ्रमण र अवलोकनका लागि पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको हो ।

पर्यावरणीय सुन्दरता, चराचुरुङ्गीको धुन, आनन्ददायी वातावरणका कारण पछिल्लो समय सो उद्यानमा अध्ययन, अवलोकन र भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको हेटौँडा–१२ पदमपोखरी निवासी सुमन लामाले बताए। “पहिलापहिला यहाँ वन विज्ञानसम्बन्धी अध्ययन गर्ने विद्यार्थीमात्र आउँथे”, लामाले भने, “तर अहिले विद्यार्थीसँगै घुम्ने र सुन्दर बगैँचाको अवलोकन गर्ने पर्यटकसमेत आउन थालेका छन् ।”

वनस्पति उद्यानभित्रको वनस्पति र रङ्गीचङ्गी फूलसँगै चराचुरुङ्गीको स्वरले पर्यटकलाई लोभ्याइरहेको लामाको कथन छ । “अहिले दैनिक ५० देखि १०० जनासम्म पर्यटक वनस्पति उद्यानभित्र घुम्ने गरेका छन्”, वनस्पति अनुसन्धान केन्द्रका कर्मचारी जयराम दाहालले भने, “शनिबार र सार्वजनिक बिदाको दिन भने २०० देखि ३०० सम्म पर्यटक आउने गर्दछन् ।” अध्ययनसँगै वनस्पतिभित्र घुमफिर गर्ने, टिकटक बनाउने र फोटो खिच्नेहरूको बढी आकर्षण देखिन्छ”, उहाँले भन्नुभयो । वनस्पतिभित्र आउने पर्यटकहरूका लागि टिकटको व्यवस्थापन गरिएको छ ।

वनस्पति क्षेत्रमा अध्ययन र अवलोकन गर्न आउने नेपाली विद्यार्थीका लागि रु १० र बाह्य देशका विद्यार्थीका लागि रु ५० निर्धारण गरिएको छ । प्रमुख पौडेलका अनुसार वनस्पतिभित्र घुम्न आउने आन्तरिक पर्यटकका लागि रु २५, सार्क राष्ट्रका पर्यटकका लागि रु १०० र अन्य मुलुकका पर्यटकका लागि रु २५० तोकिएको छ । केही समयअघिसम्म उद्यान वन विज्ञान (फरेस्टी), वनस्पति विज्ञान (बोटानी), फार्मेसी र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)मा अध्ययन गर्ने विद्यार्थी शैक्षिक भ्रमण अध्ययनका लागि आकर्षणको केन्द्र बनेको सो केन्द्र अहिले हरेक किसिमका पर्यटकको आकर्षण बढेको छ ।

उद्यानभित्र गत २०७८ सालदेखि सेरेमोनियल प्लान्टेसन प्लटको अवधारणा विकास गरिएको छ । वनस्पतिभित्र घुम्न आउनेलाई लोभ्याउन उद्यानभित्र नयाँ ढाँचाको ‘थिमेटिक गार्डेन’ बनाउन करिब एक हेक्टरभन्दा बढी जग्गामा सम्मानित वृक्षरोपण गरिएको वनस्पति अनुसन्धान केन्द्रका प्रमुख हरिराज पौडेलले बताए । “वनस्पति उद्यानभित्र खाली रहेको जग्गामा रुद्राक्ष, सीता, अशोक, पिपल, छतिवन, चिउरी, अमला, बर, समी, कपुर, कटहर, बेल, राजवृक्ष, कमद, निम, अर्जुन, आँप, जमुना, श्रीखण्ड, चाप, तेजपात, अङ्गस्ती, दार, दर्राे, इमली, सुगन्ध कोकिलालगायत बिरुवा रोपेका छौँ”, प्रमुख पौडेलले भने, “उद्यानमा ६५० भन्दा बढी प्रजातिका वनस्पतिको वंशाणु स्रोत संरक्षित छन् ।”

जिल्लाभित्रका एवं चुरे क्षेत्रका विभिन्न स्थानबाट वनस्पति सर्वेक्षण, सङ्कलन गरी पहिचान गर्ने र वनस्पतिको हर्वरियम नमूना संरक्षित गर्ने कार्य हामीले गर्दै आएका छौँ, प्रमुख पौडेलको भनाइ छ । वनस्पति अनुसन्धान केन्द्र हेटौँडाअन्तर्गत तीनवटा वनस्पति उद्यान छन् । जसमध्ये हेटौँडास्थित वृन्दावन वनस्पति उद्यानमा ४१५ प्रजाति, टिस्टुङ वनस्पति उद्यानमा २०५ र पर्वतीय उद्यान दामनमा २०८ प्रजातिका वनस्पति संरक्षण गरिएको प्रमुख पौडेलले बताए ।

वनस्पति अध्ययन केन्द्रले विभिन्न आदिवासी तथा जनजातिले प्रयोग गर्दै आइरहेको वनस्पतिको अभिलेखीकरण गर्ने, वनस्पति प्रयोग र संरक्षणबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसका साथै बिरुवा उत्पादन गरी वितरण गर्ने, विभिन्न सामग्री प्रकाशन गरी वितरण गर्ने, नयाँ वनस्पतिको खोज र अनुसन्धान गर्ने, पर्यापर्यटन अभिवृद्धि गर्नेलगायत कार्य गर्दै आएको प्रमुख पौडेलले बताए ।

उनका अनुसार वनस्पति अनुसन्धान केन्द्रले वनस्पति सम्पदाको विस्तृत सर्वेक्षण, सङ्कलन तथा पहिचान गर्ने, वनस्पतिको वंशाणु स्रोत संरक्षण गर्ने, जडीबुटीसम्बन्धी अध्ययन, अनुसन्धान गरी खेती प्रविधि विकास गर्ने, सुगन्धित तेलयुक्त वनस्पतिको तेल प्रतिशत परीक्षण गर्ने, प्राविधिक दृष्टिले फाइदाजनक जडीबुटीको सूचना प्रवाह गर्ने, परम्परागत वनस्पति उपयोगसम्बन्धी अध्ययन, अनुसन्धान गरी वनस्पति तथा जैविक स्रोतको उपयोगसम्बन्धी ज्ञानलाई अभिलेखीकरण गर्ने र जडीबुटीको बिरुवा उत्पादन तथा वितरण गर्ने दायित्व पूरा गर्दै आएको छ ।

अहिले आफूहरू जडीबुटीको गुणस्तरीय बिरुवा उत्पादन गर्ने, जडीबुटीखेती प्रविधि विकास गरी प्राविधिक सीप हस्तान्तरण गर्ने, जडीबुटी प्रजातिका बासस्थान संरक्षण तथा व्यवस्थापन गर्ने कार्यमा जुटेको प्रमुख पौडेलको कथन छ । दुर्लभ, लोपोन्मुख तथा सङ्कटापूर्ण अवस्थामा रहेका महत्त्वपूर्ण जडीबुटीसम्बन्धी समसामयिक अध्ययन, अनुसन्धान गरी स्थानीय जनसमुदायलाई जडीबुटीखेतीतर्फ आकर्षित गर्ने योजना बनाएर अघि बढ्ेको प्रमुख पौडेलले बताए ।