१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

कर्णालीमा कृषि अनुसन्धान प्रवर्द्धनका लागि पाँच लाख सहयोग, पाँच विद्यार्थीलाई अध्ययन अवसर

कर्णालीमा कृषि अनुसन्धान प्रवर्द्धनका लागि पाँच लाख सहयोग, पाँच विद्यार्थीलाई अध्ययन अवसर
अ अ+ अ-

काठमाडाैँ । कर्णाली प्रदेश सरकारले कृषि विषयको अनुसन्धानमा सहयोग पुर्याउनका लागि रु पाँच लाख उपलब्ध गराएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय, सुर्खेतले चालु आर्थिक वर्ष २०८२/८३ मा मध्यपश्चिम विश्वविद्यालयको कृषि क्याम्पस सुर्खेतसँगको सहकार्यमा प्राविधिक परिचालनसहित प्रविधि प्रसार कार्यक्रमअन्तर्गत उक्त सहयोग गरिएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए।

“कृषि विषयको अनुसन्धान र विद्यार्थीको क्षमता अभिवृद्धि गराउने ध्येयले उक्त बजेट उपलब्ध गराएको हो,” उनले भने, “यसबाट कृषि क्षेत्रको जनशक्ति निर्माणमा सहयोगको अपेक्षा गरेका छौँ ।” नेपाल जस्तो कृषिको सम्भाव्य मुलुकमा पछिल्लो समयमा कृषि अध्ययन गर्ने जनशक्तिको अभाव र आवश्यकतालाई मनन् गरी प्रदेश सरकारले प्राविधिक जनशक्ति उत्पादनमा जोड दिएको उनले बताए।

निर्देशक रोकायका अनुसार निर्देशनालयले कृषि क्याम्पससँग सम्झौता गरेर चालु आर्थिक वर्षमा पाँच विद्यार्थीलाई अध्ययनको व्यवस्था गरेको छ । अध्ययनमा सहभागी सुर्खेतका दुई तथा डोल्पा, मुगु र तनहुँका एक/एक विद्यार्थी रहेका निर्देशनालयले जनाएको छ ।