१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

‘७१.३३ केएमपीएल’ अभियान सार्वजनिक गर्दै यमाहा, हाइब्रिड स्कुटरमा बचत र प्रविधिमा जोड

‘७१.३३ केएमपीएल’ अभियान सार्वजनिक गर्दै यमाहा, हाइब्रिड स्कुटरमा बचत र प्रविधिमा जोड
अ अ+ अ-

काठमाडौँ । बढ्दो इन्धन मूल्य र महँगीको दबाबबीच दुईपांग्रे सवारी प्रयोगकर्तालाई लक्षित गर्दै यमाहा नेपालले ‘नाउ आई एम ७१.३३ केएमपीएल’ अभियान सार्वजनिक गरेको छ। कम्पनीले उक्त अभियानमार्फत नेपालमा हाइब्रिड प्रविधिको सफल प्रयोग र त्यसबाट प्राप्त इन्धन दक्षताको सन्देश प्रवाह गर्न खोजेको जनाएको छ।

यमाहा नेपालको आधिकारिक बिक्रेता एमएडब्लु राइड्स प्रालिका अनुसार १२५ सीसी सेग्मेन्टमा हाइब्रिड इन्जिन प्रयोग गर्ने एकमात्र स्कुटरका रूपमा रहेको रेजेडआर १२५-एफआई हाइब्रिडले प्रयोगकर्तालाई उच्च माइलेजसहित आर्थिक सहजता प्रदान गरिरहेको छ। कम्पनीले एआरएआई प्रमाणित ७१.३३ किमी प्रतिलिटर माइलेज प्राप्त गर्ने दाबी गरेको छ, जुन साधारण स्कुटरको तुलनामा करिब ४० प्रतिशत बढी हो।

दैनिक आवतजावत गर्ने प्रयोगकर्ताका लागि इन्धन खर्च प्रमुख चिन्ताको विषय बन्दै गएको सन्दर्भमा उक्त माइलेजले दीर्घकालीन रूपमा उल्लेख्य बचत हुने कम्पनीको दाबी छ। नियमित सहरिया प्रयोगमा मात्रै तीन वर्षको अवधिमा इन्धन खर्चतर्फ एक लाख रुपैयाँभन्दा बढी बचत गर्न सकिने आँकडा सार्वजनिक गरिएको छ।

कम्पनीका अनुसार स्कुटरमा प्रयोग गरिएको स्मार्ट मोटर जेनेरेटर (एसएमजी) प्रविधिले सुरुवाती गति र उकालोमा अतिरिक्त ‘पावर असिस्ट’ उपलब्ध गराउँछ। यसले शक्ति र माइलेजबीच सन्तुलन कायम गर्ने काम गर्छ। त्यस्तै ९९ केजी तौल रहेको हलुका डिजाइनले सहरको भीडभाड र साँघुरा सडकमा चलाउन सहज बनाउने बताइएको छ।

फ्युल इन्जेक्सन (एफआई) र अटोमेटिक स्टप/स्टार्ट प्रणालीले ट्राफिकमा रोकिने क्रममा इन्धन खपत कम गर्ने कम्पनीको भनाइ छ। साथै, ब्लुटुथ आधारित वाई–कनेक्ट, साइड–स्ट्यान्ड इन्जिन कट–अफ र २१ लिटर क्षमताको अन्डर–सिट स्टोरेज जस्ता सुविधा पनि यसमा समावेश छन्।

ग्राहकलाई दीर्घकालीन सेवा प्रदान गर्ने उद्देश्यले यमाहा नेपालले विशेष योजना समेत घोषणा गरेको छ। २०८२ चैत १ गतेदेखि रेजेडआर हाइब्रिड खरिद गर्ने ग्राहकलाई ५ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

यमाहा नेपालका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले उक्त अभियान प्रयोगकर्ताको अनुभवमा आधारित भएको उल्लेख गर्दै उच्च माइलेज र सेवा सुविधामार्फत सवारी स्वामित्व खर्च घटाउने प्रयास गरिएको बताए।

नेपालमा जापानी इन्जिनियरिङ भित्र्याउँदै आएको यमाहा नेपालले ‘काण्डो’ अवधारणाअनुसार नवप्रवर्तन, सुरक्षा र बिक्रीपछिको सेवामा जोड दिँदै आएको छ। कम्पनीले सञ्चालन गर्ने माइलेज च्यालेन्ज कार्यक्रमहरूले इन्धन दक्षतामा पारदर्शिता कायम गर्दै आएको दाबी गरिएको छ।