५ श्रावण २०८३, मंगलवार
,
Latest
मध्यपूर्व युद्ध विस्तार गर्ने हुथीको धम्की पछि इरानद्वारा अमेरिकी सैन्य सुविधा केन्द्रित आक्रमणमा वृद्धि झापा र पूर्वी पहाडी जिल्लामा तटबन्ध आन्तरिक राजस्व कार्यालय तुलसीपुरले ४ अर्ब ३० करोड बढी राजस्व सङ्कलन तयारी पोशाक उद्योगका समस्या र सुधारका उपायबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्दै एकताको घोषणासहित सुरु भएको एनआरएनए अमेरिकाको साधारण सभा निष्कर्षविहीन, सहमतिका १४ बुँदामै विरोध उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन बिजक लिने उपभोक्तालाई १० लाखसम्मको उपहार, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ कार्यान्वयनमा प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छः अर्थमन्त्री वाग्ले अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले प्रदर्शनमा पक्राउ परेका एक व्यक्ति बैंकिङ कसुरका फरार प्रतिवादी रहेको खुलासा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका एक व्यक्ति फरार प्रतिवादी रहेको खुलेको छ।

शनिबार काठमाडौँको बबरमहल क्षेत्रबाट नियन्त्रणमा लिइएका विमल धमला बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन्। उनका अनुसार धमला दुई छुट्टाछुट्टै मुद्दामा फरार रहेको पाइएको हो।

प्रहरीका अनुसार प्रदर्शनका क्रममा धमलाले बबरमहलमा पार्क गरिएको एक निजी स्कोर्पियो गाडीमा तोडफोड गर्ने प्रयास गरेका थिए। सोही क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।

उनीमाथि आवश्यक अनुसन्धानका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ। सोही प्रदर्शनका क्रममा पक्राउ परेका अन्य ६ जनालाई भने सोधपुछपछि रिहा गरिएको छ।




भर्खरै