११ असार २०८३, बिहीबार
,
Latest
उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई विधिको शासन पालना गर्न नेकपाको आग्रह



फाइल फोटो
अ+ अ-

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टीले राजनीतिक पूर्वाग्रह राखेर तनाव सिर्जना हुने गतिविधि नगर्न आग्रह गरेको छ।

शनिबार केन्द्रीय कार्यालय कोटेश्वरबाट जारी प्रेस विज्ञप्तिमा सरकारलाई विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघन नगर्न आग्रह गरेको छ ।

पार्टीले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) शाह र उनको नेतृत्वमा गठित मन्त्रिपरिषद्लाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।

विज्ञप्तिमा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट भाद्र २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठन गरिएको कार्यदलको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा भइरहेको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।