५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्व वार्ताको मध्यस्थता गर्दै पाकिस्तान



अ+ अ-

काठमाडौं । पाकिस्तानले मध्य पूर्वको युद्ध सामाधानार्थ वार्ताको लागि साउदी अरेबिया, टर्की र इजिप्टका विदेश मन्त्रीहरू इस्लामाबादमा आउने तयारी भएको जनाइएको छ ।

पाकिस्तानी विदेश–मन्त्री इशाक दारले आफ्ना समकक्षीहरूलाई आमन्त्रित गर्नु भएको थियो भने उनीहरू आइतबार र सोमबार पाकिस्तानी राजधानीमा हुने बताइएको छ। भ्रमणको क्रममा विदेश मन्त्रीहरूले यस क्षेत्रमा तनाव कम गर्ने प्रयास सहित विभिन्न विषयमा गहन छलफल गर्ने विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

विदेश मन्त्रीहरूले पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफलाई पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ । विदेश मन्त्रालयको स्रोतले यस अघि सोमबार वहु–पक्षिय बैठक हुने र प्रतिनिधिमण्डल आइतबार साँझ सम्म पाकिस्तान पुग्ने अपेक्षा गरेको जनाएको थियो ।

द्वन्द्व बढ्दै जाँदा इरान र संयुक्त राज्य अमेरिका बीच एक प्रमुख सहयोगीको रूपमा देखा पाकिस्तान परेको छ, जसले दुई पक्षहरू बिचको सन्देशका लागि मध्यस्थताको रूपमा काम गरिरहेको छ ।