९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबिबिएस् र बिडिएसका आठ सय ६२ चिकित्सक बिरामी जाँच्न नै अयोग्य ठहरिए



अ+ अ-

नेपाल मेडिकल काउन्सिलद्वारा आठ सय ६२ चिकित्सकलाई तत्कालका लागि बिरामी जाँच्न अयोग्य ठहर गरिएको छ । काउन्सिलले चार–चार महिनामा लिने चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षामा फेल भएकाले एमबिबिएस तथा बिडिएस उत्तीर्ण भए पनि उनीहरू बिरामी जाँच्न अयोग्य ठहरिएका हुन् ।

चार महिनापछि पुनः हुने परीक्षामा पास भएमा मात्रै उनीहरूले बिरामी जाँच्न पाउने काउन्सिलले जनाएको छ । एमबिबिएसतर्फका ६३१ र बिडिएसतर्फका २३१ जना अयोग्य घोषित भएका छन् । काउन्सिलले जारी गरेको सूचीमा एमबिबिएसतर्फ ४९ प्रतिशत अर्थात् ६०६ जना र बिडिएसतर्फ ४२ प्रतिशत अर्थात् १६८ जना भने उत्तीर्ण भएका छन् ।