१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम: चिसो बढ्यो, हिमपातको सम्भावना



अ+ अ-

काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जानकारी दिए ।

उनका अनुसार सो वायुको प्रभावले देशभर चिसो बढेको छ । तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ । पूर्वी तराईका केही भूभागमा बाक्लो हुस्सु/कुहिरो लागेकोे छ ।

बुधबारबाट मौसमी प्रणालीमा सुधार आउने जनाइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियस रहेको छ ।