१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँदे झरीले अन्नबालीमा क्षति, बाँकेका किसान चिन्तीत



अ+ अ-

नेपालगञ्ज । दुई दिन अघिको हिउँदे झरीले बाँकेका किसानले लगाएको अन्नबालीमा ठूलो क्षति पुगेको छ । आवश्यकताभन्दा बढी झरी परेपछि किसानले लगाएको अन्नबालीमा क्षति पुगेको हो । गत शुक्रबार एकाबिहानैदेखि पानी पर्न थालेपछि किसान खुशी भएका थिए तर, उनीहरुको त्यो खुशी साँझसम्म दुःखमा परिणत भइसकेको थियो ।

“एकाबिहानैदेखि राति ९/१० बजेसम्म अविरल परेको हिउँदे झरीले खेत जलमग्न भयो र त्यहाँ लगाइएका अन्नबाली डुबानमा पर्यो”, बाँके जानकी गाउँपालिका–३ इन्द्रपुरका किसान रामफेरन मौर्य भन्छन् । झरीले बाँकेमा सबैभन्दा बढी मसुरो, चना र केराउ बालीमा क्षति पुगेको छ भने नालाको छेउछाउ र गहिरो खेतमा लगाएको अन्नबालीमा पनि उत्तिकै क्षति पुगेको छ । गहिरो खेतमा अहिलेसम्म पानी जमेको छ ।

उक्त पानी सुकन दुई/तीन दिन लाग्ने कृषि प्राविधिकको भनाइ छ । पानीसँगै असिनासमेत परेकाले बढी क्षति भएको खजुरा–२ सीतापुरका अगुवा किसान लालबहादुर खत्रीको दुःखेसो छ । कृषि ज्ञान केन्द्र बाँकेका प्राविधिक अहिले किसानको खेतबारीसम्म पुगेर क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । प्रारम्भिक तथ्याङ्क अनुसार, बाँकेमा २५ प्रतिशत क्षेत्रफलमा पानीले क्षति पुर्याएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार, गहुँ, मसुरो चना, केराउ बालीमा १५ प्रतिशत क्षति पुगेको छ भने आलु र टमाटरमा १० प्रतिशत क्षति पुगेको छ । हिउँदे झरीले प्रत्येक वर्ष किसानको अन्नबालीमा क्षति पुर्याउँदै आएको छ । किसानको सुरक्षाका लागि सरकारले कृषि बीमामा ७५ प्रति अनुदान दिने व्यवस्था पनि गरेको छ, तर यहाँका अधिकांश किसानले बीमा नगरेको प्रमुख ढकाल बताउछन् ।