९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्ने ठाउँ त परै जाओस् शौचालयको समेत अभाव



अ+ अ-

स्याङ्जा । जिल्ला कारागार स्याङ्जामा रहेका कैदीबन्दीहरुले शौचालयका साथै खानेपानीको समस्या भएको बताएका छन् । कारागारको क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या बढी भएकाले कैदीबन्दीहरुलाई शौचालयदेखि खानेपानीका साथै सुत्नसमेत समस्या भएको कारागार प्रमुख चूडामणि भण्डारीले बताए । पचास जनाको क्षमता भएको जिल्ला कारागारमा हाल १५७ कैदीबन्दीलाई राखिएको छ ।

कारागारमा कैदी जीवन बिताइरहेका दुर्गाप्रसाद चापागाइँले पानीको समस्याले सरसफाइमा समेत समस्या परेको बताए । चापागाइँले भने, “यहाँ यति धेरै जना कैदीबन्दी छौँ तर पर्याप्त शौचालय नहुँदा शौचालय जाँदा लाइन लागेर बस्नु पर्ने बाध्यता छ ।” चापागाइँका अनुसार शौचालय जानका लागि एक घण्टासम्म पालो कुर्नु पर्ने हुन्छ । अर्का कैदीबन्दी दिनेश गुरुङले कारागारमा सुत्ने ठाउँको अभावले पालैपालो सुत्नु पर्ने अवस्था आएको बताए ।

कारागार प्रमुख भण्डारीले कारागारको साँघुरो संरचना र कैदीको सङ्ख्या बढी भएकोले विभिन्न प्रकारका समस्या आउने गरेको र आफुले कारागारको अवस्थाका बारेमा सम्बन्धित निकायमा जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको बताए । उनले कारागारमा पानी, शौचालयका साथै कैदीबन्दी बिरामी हुँदा सवारी साधनको अभावमा समयमै उपचारका लागि लैजान समस्या हुने गरेको बताए ।

कारागारमा रहेका कैदीबन्दीहरुले बेलाबेलामा अनुगमनका लागि भनेर धेरै मानिसहरु आउने गरे पनि आफुहरुको समस्याको समाधान नभएको गुनासो गरेका छन् । कारागारमा ५० जनाको क्षमता भए पनि हाल ११ महिला र १४६ पुरुष गरी १५७ जना कैदीबन्दी रहेका छन् ।