१ भाद्र २०८३, सोमबार
,
Latest
ललितपुरमा ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबारदेखि औपचारिक सञ्चालन वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउँछौँ-सहभागी नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’ आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद र शिक्षा क्षेत्रमा राजनीतिकरण अन्त्य गर्ने मन्त्री पोखरेलको उद्घोष



अ+ अ-

काठमाडाैँ । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद र शिक्षा क्षेत्रमा व्याप्त  राजनीतिकरणलाई पूर्ण रूपमा बन्द गरिनुपर्ने बताउनुभएको छ ।

शुक्रवार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पोखरेलले पेशागत क्षेत्रमा भइरहेको राजनीतीकरणले काम गर्न कठिन बनाएको उल्लेख गर्दै यसलाई रोक्नु नै आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पार्नभएको हो ।

मन्त्री पोखरेलले खेलकुद निकायहरूमा राजनीति गर्ने मान्छे नभई खेल क्षेत्रकै विज्ञ र अनुभवी व्यक्तिहरू पुग्नुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय खेलकुद परिषद् लगायतका निकायहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूलाई राखेर अगाडि बढ्ने योजना रहेको पनि बताउनु भयो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मा देखिएको विवादको मुख्य जड पनि राजनीतीकरण नै रहेको उहाँको ठम्याइ छ । खेल क्षेत्रको विकासका लागि राजनीतीकरण रोक्नु नै आफ्नो कार्यकालको महत्वपूर्ण योजना रहेको उहाँले बताउनु भयो ।