१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुखुरापालक कृषक पक्राउप्रति सङ्घको आपत्ति



अ+ अ-

चितवन । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले गिरफ्तारमा परेका अगुवा कृषकको रिहाइको माग गरेको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका पाँच कृषकको रिहाइको माग गरेको हो ।

सङ्घका अध्यक्ष शिवराम केसीले सप्लायर्सले आफूखुशी मूल्य निर्धारण गरेको विषयमा छलफलका क्रममा भनाभन भएको र सोही विषयलाई लिई कृषकलाई झुटो मुद्दा लगाई फसाउने काम गरिएको दाबी गर्नुभयो । सङ्घले निर्धारण गरेको मूल्यभन्दा कम मूल्यमा अण्डा खरिद गर्ने गरी उनीहरुले निर्णय गरेको सङ्घको आरोप छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रहरीले कुखुरापालक कृषक प्रकाश अधिकारी, आनन्द मास्के, रामहरि केसी, दीपेश्वर केसी र राजेन्द्र साँखीलाई अभद्र व्यवहार गरेको भन्दै पक्राउपछि मुद्दा दर्ता गरेको छ । सम्मेलनमा अण्डा उत्पादक कृषकमा बिचौलियाका कारण कृषक र उपभोक्ताहरु मारमा परेको जानकारी गराइएको थियो ।

सङ्घले मङ्सिर १ गतेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको भए पनि सो मूल्यमा कृषकको फार्मबाट अण्डा उठ्न नसकेको समयमा बिचौलियाको प्रभावमा प्रशासनले कृषकलाई नियन्त्रणमा लिएको उनीहरुको आरोप छ ।

केसीले कृषकले ठूलो अण्डाको प्रतिक्रेट फार्म मूल्य रु २७५ र मध्यमको २५५ तोकेको भए पनि सप्लायर्सले कम मूल्य राखेर प्रचारप्रसार गरेपछि विवाद बढेको जानकारी दिनुभयो । अण्डाको लागत मूल्य रु ११ पर्ने भए पनि बिचौलियाका कारण कृषकले लागत मूल्य नपाएको केसीको भनाइ थियो ।