१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

हिउँले ल्याएको त्यो खुशी !

हिउँले ल्याएको त्यो खुशी !
अ अ+ अ-

जाजरकोट । बर्सेनि हिउँदेबाली लगाएर परिवार पाल्दै आएका मुड्केचुला गाउँपालिका–६ का सन्तोष सिंह यो वर्ष भने भारी खुशी हुनुहभएको छ । उहाँले लगाएको गहुँ, जौ र अन्य तरकारीबाली सिँचाइको अभावमा सुक्न थालेको थियो । आकाशे पानीका भरमा लगाइएको हिउँदेबाली सुक्न थालेपछि दुःखी भएका सिंहको हिमपाले एकै पटक खुशी थपिदियो ।

उहाँले भन्नुभयो, “अघिल्ला वर्षभन्दा यो वर्ष समयमै हिमपात हुँदा खेतबारीमा लगाएको अन्नबाली सोचेकै जस्तै गरी उत्पादन हुने पक्का भएको छ ।” खेती लगाएर सिँचाइ सुविधा नभएपछि निरास भएका नर्कुका हरिबहादुर सिंहलाई पनि खुशीको सीमा छैन । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष बीउसम्म उठेको थिएन, यो वर्ष समयमै हिमपात भएपछि साचेको आम्दानी हुने भयो, अब घरपरिवारका लागि बाहिरबाट खाद्यान्न ल्याउनु नपर्ने पक्का भएको छ ।” बर्र्सेनि सर्मीस्थित खाद्य डिपोबाट खाद्यान्न ल्याएर दैनिक छ जनाको परिवार पाल्दै आएका सिंह हिमपातले उत्पादन वृद्धि हुने भएपछि खुशी हुनुभएको हो ।

त्यस्तै बारेकोट गाउँपालिका–५ पाखामा लगाइएको गहुँबाली सप्रिने भएपछि यहाँका कृषक खुशी भएका छन् । सिँचाइको अभावमा बर्सेनि समस्या भोग्दै बारेकोटवासी हिमपातसँगै सिँचाइको माग पूर्ति भएपछि हौसिएका छन् । पाखावासीले सिँचाइका लागि सबै तहका जनप्रतिनिधिलाई ध्यान आकर्षण गराए पनि माग पूरा नभएको भन्दै पाखावासी पीडा पोख्दै आएका छन् ।

जिल्लाका अधिकांश ठाउँमा सिँचाइको अभावमा कतै जमीन बाँझै रहेका छन् भने कतै लगाइएको बाली सुक्न लाग्दा हिमपात हुँदा कृषकमा खुशी थपिएको हो । नलगाड नगरपालिका–८ मेघाचौरमा हिउँदेबालीका रुपमा लगाइएको गहुँबाली समयमै हिमपात हुँदा रुप फेरिएको छ । उच्च पहाडमा भारी हिमपात भएपछि कृषकको अन्नबालीमा सिञ्चित हुँदा हराभरा भएको स्थानीयवासी मनिलाल खत्रीले बताउनुभयो ।

बर्सेनि सिँचाइको सुविधा नभएका कारण आकाशेपानीका भरमा हिउँदेबाली लगाइने गरिन्छ । दुई वर्षअघि हिउँदेबाली लगाएको लामो समयसम्म पानी नपर्दा मष्ट देवतालाई बोका नै भाकल गर्नुपरेको सुनाउँदै नलगाड नगरपालिका–११ का अशोक सिंह भन्नुहुन्छ, “गाउँको तल भेरी नदी छ, तर माथि खेतबारी बाँझै छन् कस्तो पीडा होला हाम्रो रु तर यो पटक हाम्रो गाउँमै हिमपात भयो, अब उत्पादन बढ्ने भएको छ ।”

यस्तै विसं २०६८ को जनगणनामा यहाँको जनसङ्ख्या १५ लाख ७० हजार ४१८ रहेकामा २०७५ मा करिब १७ लाख ७९ हजार ७८० पुगेको अनुमान गरिएको छ । जम्मा क्षेत्रफल २५ लाख २५ हजार २७५ हेक्टर, कूल खेतीयोग्य जमीन दुई लाख ९९ हजार ३३९ हेक्टर, कूल खेती गरिएको जमीन दुई लाख १६ हजार ८८० हेक्टर, बाह्रै महिना सिञ्चित क्षेत्रफल ३८ हजार ३३ हेक्टर र आंशिक सिञ्चित क्षेत्रफल ३० हजार ३०२ हेक्टर रहेको तथ्याङ्क छ ।

प्रदेशमा करिब ४२ हजार ८१७ व्यावसायिक एकाइमा जम्मा एक लाख ३२ हजार ४२५ ले मात्र रोजगारी प्राप्त गरेको देखाइएको छ । त्यसैगरी गभर्नेन्स फ्यासिलिटीले सन् २०१८ मा प्रकाशन गरेको पुस्तक ‘सङ्घीय नेपाल ः प्रदेशहरू’मा कर्णालीमा ३९ उद्योगले हजार र ४०९ जनालाई मात्र रोजगार दिन सकेको देखाएको छ ।

हावापानीको अवस्था

भौगोलिक अवस्था जस्तै जलवायुको दृष्टिले पनि कर्णाली प्रदेश जत्तिको जटिल छ उत्तिकै मनमोहक पनि छ । यहाँको जलवायु शीत र समशीतोष्ण रहेको छ । यस प्रदेशमा तराई नजोडिएको कारणले उष्ण जलवायु पाइँदैन । उत्तरी हिमाली भेगमा बाह्रै महिना चिसो र दक्षिणी पहाडी, उपत्यका तथा दूनहरूमा समशीतोष्ण जलवायु पाइन्छ । उत्तर–दक्षिण जोड्ने सडक यातायात र रोप–वेहरूको समुचित विकास भयो भने केही घण्टाभित्रै चिसोबाट गर्मी ठाउँमा र गर्मीबाट चिसो ठाउँमा पुग्न सकिने भएकाले यो प्रदेश तराईको प्रचण्ड तातो जलवायुमा रहने र अत्यन्त चिसो हिमाली भेगमा बस्नेका लागि पनि उपयुक्त मानिन्छ ।