• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

एडिबीको सहयोगमा नगरपालिकाको भवनको शिलान्यास



कञ्चनपुर । एशियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण सहयोगमा निर्माण हुने शुक्लाफाँटा नगरपालिकाको कार्यालय भवनको आज शिलान्यास गरिएको छ ।

नगरपालिकाको निर्माण हुने भवनको सांसद नरबहादुर धामी र नगरप्रमुख दिलबहादुर ऐरले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । रु १३ करोड ८४ लाख ५९ हजार ६९९ लागत अनुमान गरिएको नगरपालिका भवन रु नौ करोड ९१ लाखमा शर्मा एन्ड कम्पनी प्राइभेट लिमिटेड सीतापाइला, काठामाडौँले निर्माणको जिम्मा लिएको छ ।

आधुनिक सुविधासम्पन्न भूकम्प प्रतिरोधी दुईतले भवनमा सानाठूला गरी ३६ कोठा निर्माण हुनेछन् । कार्यालय भवन निर्माणको कार्य दुई वर्षमा पूरा गर्ने लक्ष्य दिइएको छ । सांसद धामीले नगरपालिकालाई आधुनिक र विकसित शहरका रुपमा विकास गरिने बताउनुभयो । नगरपालिका शैक्षिक हव बन्दै जान थालेको चर्चा गर्दै उहाँले प्राविधिक शिक्षा पढ्न टाढा जानुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । प्राविधिक शिक्षाको नगरका रुपमा नगरपालिकालाई चिनाउनका लागि कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो ।

नगरप्रमुख ऐरले नयाँ भवन बन्न थालेपछि पूर्वाधार विकासमा नगरपालिका आत्मनिर्भर भएको बताउनुभयो । “नगर गौरवको योजनाअन्तर्गत भवन निर्माणलाई पनि राखेका थियौँ, जसको आजबाट निर्माणको शुरुबात गरिएको छ”, उहाँले भन्नुभयो । एशियाली विकास बैंकले ऋण सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना, आयोजना कार्यान्वयन इकाइ कैलाली, धनगढीका आयोजना उपव्यवस्थापक श्यामचन्द्र बुढाथोकीले आयोजनाको प्रगतिका बारे कार्यक्रममा जानकारी दिनुभएको थियो ।