९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

माछा र उखुका कारण आलु खेतीमा कमी



अ+ अ-

कलैया । यस वर्ष बारामा आलु खेतीको क्षेत्रफल कमी भएका कारणले उत्पादनमा समेत कमी भएको छ । कृषि ज्ञानकेन्दका अनुसार यहाँका कृषक नगदेबालीका रुपमा माछापालन र उखु खेतीतर्फ अग्रसर भइरहेका कारण बिस्तारै खेतीमा कमी आइरहेको हो ।

ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले गत वर्षको तुलनामा यस वर्ष पनि आलुको क्षेत्रफल र उत्पादनमा समेत कमी आएको बताउनुभयो । आव २०७६/७७ मा कृषकले कूल सात हजार ४७० हेकटर क्षेत्रफलमा सी ४० खुमलटार रातो जातको आलु खेती गरिएको छ ।

जिल्लाको हरिहरपुर, गोलागञ्ज, देवापुर, उचिडिह, पिपरपाती, बरियापुर, मटियर्वा लगायतका ठाउँ आलुका लागि पकेट क्षेत्र मानिए पनि जिल्लाका अधिकांश ठाउँमा पनि आलु खेतीको थालनी भइरहेको ज्ञानकेन्द्रका गेनालाल मण्डलले जानकारी दिनुभयो ।