• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   ‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण ★   जस्टिन बिबर पहिलो पटक बुवा बन्दै ★   नेपाली सेनाद्वारा अछाममा मलामी विश्राम घर निर्माण ★   के सुनिल नारायणले रक्सी पिएर विस्फोटक ब्याटिङ गर्छन् ? ★   संसदीय छानबिन समिति बटमलाइन: कांग्रेस ★   जनसत्ताले रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ: प्रधानमन्त्री ★   टी–२० विश्वकपको टोलीमा नपरेपछि न्युजिल्याण्डका शक्तिशाली ब्याट्सम्यानले लिए सन्यास ★   कोहलीले गरे जवाफी हमला, रिले रुसोलाई दिए बन्दुक ताकेर जवाफ ★   गत साउनदेखि चैत मसान्तसम्म २२४ वटा निर्माण कम्पनी कालोसूचिमा ★   प्रदीप र दिव्याको ‘एक्टर’को छायांकन सुरु

‘दिवा खाजा’ल्यायो विद्यार्थीमा खुशी



वालिङ । यहाँका सामुदायिक विद्यालयका बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्याङ्जाको भिरकोट नगरपालिकाअन्तर्गतका ४२ वटा सामुदायिक विद्यालयका बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम लागू भएसँगै कक्षामा नियमित उपस्थित हुने र शिक्षण सिकाई क्रियाकलापमा सहभागी हुने विद्यार्थीको रुचि बढ्दै गएको नगर प्रमुख छायाराम खनालले बताउनुभयो ।

“विद्यालयभित्र जङ्कफूड निषेध गर्ने, पहुँचबाहिरका विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयप्रति आकर्षण गर्ने, कक्षा बीचमै छाड्ने प्रवृत्तिको अन्त्य गर्दै अन्ततः सिकाई उपलब्धि वृद्धि गर्ने ‘दिवा खाजा’ कार्यक्रमको मुख्य उद्देश्य हो”, नगर प्रमुख खनालले भन्नुभयो, “कार्यक्रम लागू भएसँगै नियमित विद्यालय उपस्थित हुने दर बढेर गएको छ ।”

बालविकास कक्षामा अध्ययनरत स-साना बालबालिकाले दिउँसोको खाजा आफै व्यवस्थापन गर्न नसक्ने हुँदा उनीहरुलाई स्वच्छ र सफा खाजा विद्यालयमै बनाएर दिने व्यवस्था मिलाइएको नगर प्रमुख खनालले बताउनुभयो ।

“कार्यक्रम लागू भएपछि अध्ययनरत बालबालिकाका अभिभावक आलोपालो गरेर विद्यालयमै उपस्थित भई पकाएर खुवाउने गर्नुहुन्छ”, नगर प्रमुख खनालले भन्नुभयो, “जसले गर्दा अभिभावक नियमित विद्यालय आउने भएकाले पनि विद्यालय र अभिभावकबीच अझै आत्मियता बढेर गएको छ ।”

दिवा खाजा’ कार्यक्रमलाई नगरपालिका, अभिभावक र विद्यालयको संयुक्त लगानी तथा साझेदारीमा परामर्श गरी आगामी शैक्षिक सत्रबाट क्रमशः आधारभूत तहसम्म विस्तार गर्ने सोचाइमा रहेको जनाइएको छ ।

“नगरपालिकाभित्रका ४२ सामुदायिक विद्यालयमा बालविकास कक्षा सञ्चालन छन् भने ५२४ विद्यार्थीले दिवा खाजामा सहभागी छन्”, निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा शाखा प्रमुख हेमप्रसाद आचार्यले भन्नुभयो, “दिवा खाजाको ब्यवस्थापनका लागि नगरपालिकाले प्रति विद्यार्थी प्रतिदिन रु आठ र प्रत्येक बालविकास कक्षाका लागि ग्यास चुल्हो तथा पकाउन आवश्यक पर्ने भाँडा दिएको छ ।”

यही मङ्सिर १ गतेबाट शुरु भएको यो अभियान एक महिनाको अवधिमै निक्कै प्रभावकारी बन्दै गएको दाबी अधिकृत आचार्यको छ । “दिवा खाजाको शुरुआतसँगै नियमित विद्यालय आउने विद्यार्थीको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको पाएका छौँ”, अधिकृत आचार्यले भन्नुभयो, “विद्यालयको पहुँचबाहिर रहेका र बीचमै कक्षा छाडेर जाने विद्यार्थी पनि पुनः विद्यालयमा फर्कने क्रम बढ्दै गएको छ ।”

प्रत्येक दिन आलोपालो गरी अभिभावक विद्यालयमा आएर फरक खाजा पकाएर खुवाउने गरेको भिरकोट–३ मा रहेको शहीद शुक्र माध्यमिक विद्यालयका प्रधानाध्यापक चोलाकान्त काफ्लेले बताउनुभयो । “दिवाखाजा कार्यक्रमअन्तर्गत २४ जना बालबालिकालाई बारअनुसार खाजाको व्यवस्था गरिएको छ” प्रअ काफ्लेले भन्नुभयो, “खाजामा जाउलो, सुख्खा रोटी, तरकारी, अण्डा चना, फलफूल छन् ।”

विशेष गरी विद्यार्थीका आमा आ–आफ्नो पालोमा विद्यालयमा आएर कार्यालय सहयोगीको साथ लिई खाजा तयार गरेर खुवाएर जाने गरेको भिरकोट–८ मा रहेको भाग्योदय माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशमप्रसाद रेग्मीले बताउनुभयो । “दिवा खाजा कार्यक्रमले अभिभावकमा उत्सुकता र विद्यार्थीमा खुशी थपिएको छ”, प्रअ रेग्मीले भन्नुभयो, “हाल यस विद्यालयको बाल विकास कक्षामा २८ बालबालिका अध्ययनरत छन् ।”