१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

‘दिवा खाजा’ल्यायो विद्यार्थीमा खुशी

‘दिवा खाजा’ल्यायो विद्यार्थीमा खुशी
अ अ+ अ-

वालिङ । यहाँका सामुदायिक विद्यालयका बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्याङ्जाको भिरकोट नगरपालिकाअन्तर्गतका ४२ वटा सामुदायिक विद्यालयका बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम लागू भएसँगै कक्षामा नियमित उपस्थित हुने र शिक्षण सिकाई क्रियाकलापमा सहभागी हुने विद्यार्थीको रुचि बढ्दै गएको नगर प्रमुख छायाराम खनालले बताउनुभयो ।

“विद्यालयभित्र जङ्कफूड निषेध गर्ने, पहुँचबाहिरका विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयप्रति आकर्षण गर्ने, कक्षा बीचमै छाड्ने प्रवृत्तिको अन्त्य गर्दै अन्ततः सिकाई उपलब्धि वृद्धि गर्ने ‘दिवा खाजा’ कार्यक्रमको मुख्य उद्देश्य हो”, नगर प्रमुख खनालले भन्नुभयो, “कार्यक्रम लागू भएसँगै नियमित विद्यालय उपस्थित हुने दर बढेर गएको छ ।”

बालविकास कक्षामा अध्ययनरत स-साना बालबालिकाले दिउँसोको खाजा आफै व्यवस्थापन गर्न नसक्ने हुँदा उनीहरुलाई स्वच्छ र सफा खाजा विद्यालयमै बनाएर दिने व्यवस्था मिलाइएको नगर प्रमुख खनालले बताउनुभयो ।

“कार्यक्रम लागू भएपछि अध्ययनरत बालबालिकाका अभिभावक आलोपालो गरेर विद्यालयमै उपस्थित भई पकाएर खुवाउने गर्नुहुन्छ”, नगर प्रमुख खनालले भन्नुभयो, “जसले गर्दा अभिभावक नियमित विद्यालय आउने भएकाले पनि विद्यालय र अभिभावकबीच अझै आत्मियता बढेर गएको छ ।”

दिवा खाजा’ कार्यक्रमलाई नगरपालिका, अभिभावक र विद्यालयको संयुक्त लगानी तथा साझेदारीमा परामर्श गरी आगामी शैक्षिक सत्रबाट क्रमशः आधारभूत तहसम्म विस्तार गर्ने सोचाइमा रहेको जनाइएको छ ।

“नगरपालिकाभित्रका ४२ सामुदायिक विद्यालयमा बालविकास कक्षा सञ्चालन छन् भने ५२४ विद्यार्थीले दिवा खाजामा सहभागी छन्”, निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा शाखा प्रमुख हेमप्रसाद आचार्यले भन्नुभयो, “दिवा खाजाको ब्यवस्थापनका लागि नगरपालिकाले प्रति विद्यार्थी प्रतिदिन रु आठ र प्रत्येक बालविकास कक्षाका लागि ग्यास चुल्हो तथा पकाउन आवश्यक पर्ने भाँडा दिएको छ ।”

यही मङ्सिर १ गतेबाट शुरु भएको यो अभियान एक महिनाको अवधिमै निक्कै प्रभावकारी बन्दै गएको दाबी अधिकृत आचार्यको छ । “दिवा खाजाको शुरुआतसँगै नियमित विद्यालय आउने विद्यार्थीको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको पाएका छौँ”, अधिकृत आचार्यले भन्नुभयो, “विद्यालयको पहुँचबाहिर रहेका र बीचमै कक्षा छाडेर जाने विद्यार्थी पनि पुनः विद्यालयमा फर्कने क्रम बढ्दै गएको छ ।”

प्रत्येक दिन आलोपालो गरी अभिभावक विद्यालयमा आएर फरक खाजा पकाएर खुवाउने गरेको भिरकोट–३ मा रहेको शहीद शुक्र माध्यमिक विद्यालयका प्रधानाध्यापक चोलाकान्त काफ्लेले बताउनुभयो । “दिवाखाजा कार्यक्रमअन्तर्गत २४ जना बालबालिकालाई बारअनुसार खाजाको व्यवस्था गरिएको छ” प्रअ काफ्लेले भन्नुभयो, “खाजामा जाउलो, सुख्खा रोटी, तरकारी, अण्डा चना, फलफूल छन् ।”

विशेष गरी विद्यार्थीका आमा आ–आफ्नो पालोमा विद्यालयमा आएर कार्यालय सहयोगीको साथ लिई खाजा तयार गरेर खुवाएर जाने गरेको भिरकोट–८ मा रहेको भाग्योदय माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशमप्रसाद रेग्मीले बताउनुभयो । “दिवा खाजा कार्यक्रमले अभिभावकमा उत्सुकता र विद्यार्थीमा खुशी थपिएको छ”, प्रअ रेग्मीले भन्नुभयो, “हाल यस विद्यालयको बाल विकास कक्षामा २८ बालबालिका अध्ययनरत छन् ।”