८ आश्विन २०८१, मंगलवार
,
Latest
सागसब्जी खेतीबाटै दैनिक १० हजार कमाई श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम जलवायु परिवर्तनका असर न्युनिकरण गर्न तीन तहका सरकारबीच समन्वय जरुरी: मुख्यमन्त्री सिंह कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव गेलालबीच कार्य सम्पादन सम्झौता दुर्गा प्रसाईंको रिटमा कारण देखाउ आदेश जारी झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन नेपालको अर्थतन्त्रमा सुधारको सङ्केत: आईएमएफ चोटका कारण स्वर्ण जित्न असहज भयो– एरिका गुरुङ तल अधिकार नदिने हो भने संघीयता हटाइदिए हुन्छ: डा. शेखर कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय समितिको बैठक बहिस्कार गर्दै पौडेलले बोलाए गुटको बैठक



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले गुटको बैठक बोलाएको छ । पौडेल पक्षले सोमबार दिउँसो तीन बजे आफ्नो पक्षको बैठक बोलाएको हो ।

सोमबार विहान दुई पक्ष उपसभापति विमलेन्द्र निधि पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेर वार्ता समितिबीच कुराकानी भएको थियो ।

‘कुराकानी सकारात्मक भए पनि टुंगोमा पुगेको छैन’, पौडेल समूहका एक नेता भन्छन्, ‘सहमतिका लागि प्रयास जारी राख्छौं तर एउटा निर्णयमा नपुगेसम्म केन्द्रीय समितिको बैठकमा सहभागी हुदैनौं ।’

१४ औं महाधिवेशनको कार्यतालिकालाई पहिलो एजेण्डा बनाउनुपर्ने माग गर्दै पौडेल समूहले बिहीबारबाट सुरु भएको केन्द्रीय समितिको बैठक बहिस्कार गर्दै आएको छ ।