१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

सामाजिक सुरक्षा कोष कार्यक्रम लागू भएको १ बर्ष पुरा, के-के भए उपलब्धी ?

सामाजिक सुरक्षा कोष कार्यक्रम लागू भएको १ बर्ष पुरा, के-के भए उपलब्धी ?
अ अ+ अ-

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोष कार्यक्रम लागू गरेको पनि १ वर्ष बढी भइसकेको छ । पछिल्लो समय दोहोरो कर तिर्नुपर्ने, र उपदान तथा पेन्सन पाउन ६० वर्ष उमेर पुग्नुपर्ने भन्दै बैंकहरु कोषमा आवद्ध हुन मानेका छैनन् । तर सरकार भने कोषमा आवद्ध नभएका कुनैपनि संस्थाको वार्षिक नविकारण नै नहुने कानूनी व्यवस्था गर्ने तयारीमा जुटेको छ ।

मंसिर मसान्तसम्म सामाजिक सुरक्षा कोषमा करिब १२ हजार रोजगारदाता र १ लाख ३२ हजार बढी योगदानकर्ता आवद्ध भएका छन् । त्यस्तै कोषले २७ करोड ३५ लाख रुपैयाँ बराबरको रकम संकलन गरेको छ । सामाजिक सुरक्षा कार्यक्रमलाई वित्तीय क्षेत्रमा आएको एउटा नयाँ कार्यक्रम मात्र मान्न सकिन्छ । तर यस्तो सुविधा यसअघि पनि कर्मचारी संचय कोष, नागरिक लगानी कोष, तथा बीमा कम्पनीहरुले कुनै न कुनै रुपमा दिदै आएका छन् । सरकारले सामाजिक सुरक्षा कोषलाई आर्थिक सुरक्षाको ग्यारेन्टी लिने संस्थाको रुपमा विकास गरेको भन्दै जबरजस्त आवद्ध हुन आग्रह गरेको छ । कोषमा जान जबरजस्त गर्नु कुनै एक बैंकबाट मात्रै कारोबार गर वा कुनै एक बीमा कम्पनीबाट मात्रै बीमा गर भन्नु जस्तै भएको विज्ञहरु बताउँछन् । खुला बजार अर्थतन्त्रमा नागरिकले कुन सुविधा कहाँबाट लिने या नलिने भन्ने निर्णय आफै गर्न पाउनुपर्छ । तर सरकार सामाजिक सुरक्षाका लागि नियामक हुनु पर्नेमा सञ्चालक बनेर जबरजस्त गरिरहेको छ । खासगरी पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु सामाजिक सुरक्षामा जान नमानेपछि सरकारको नियत सतहमा आएको हो । नेपाल वित्तीय संस्था कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष धर्मप्रसाद खनालले दोहोरो कर बुझाउनुपर्ने, उपदान तथा पेन्सन सुविधा लिन ६० वर्ष कुर्नुपर्ने, तथा एकमुष्ठ पेन्सन नपाइने भएकाले सामाजिक सुरक्षा कर्मचारीको हितमा नभएको बताउनुभयो । उहाँले पछिल्लो समय राष्ट्र बैंकले समेत बैंकहरुलाई निर्देशन दिएको भन्दै आपत्ति जानाउनुभयो ।

अन्य संस्थाबाट यो भन्दा बढी सुविधा लिदै आएका कर्मचारीहरुले कोषमा आवद्ध हुन आवश्यक ठानेका छैनन्। तर कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सबै सुविधा एकैठाउँबाट हुने र सरकारको अभियान नै भएकाले यसमा अनिवार्य दर्ता हुनुपर्ने बताउनुहुन्छ । उहाँले कुनैपनि संस्था, कम्पनी, उद्योग तथा प्रतिष्ठान नविकरण हुँदा अनिवार्य कोषमा आवद्ध भएको हुनुपर्ने कानूनी व्यवस्था गर्न कोषको सञ्चालक समितिको बैठकमा लैजान लागिएको समेत बताउनुभयो ।

सरकार जसरी पनि सबै पक्षलाई कोषमा आवद्ध गराउने रणनीतिमा छ । आन्दोलनरत कर्मचारी तथा कम्पनी, उद्योग प्रतिष्ठानहरु, । बैंकहरुले कर्मचारीले यसअघि लिदै आएका न्यूनतम सुविधाहरु कोषले उपलब्ध गराउनु पर्ने बताउँदै आएका छन् । तर सरकार अझैपनि त्यसतर्फ गम्भिर भने देखिदैन् ।