१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

सिन्धुपाल्चोक बस दुर्घटना : गाउँ शोक र चिन्तामा

सिन्धुपाल्चोक बस दुर्घटना : गाउँ शोक र चिन्तामा
अ अ+ अ-

चौतारा । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडकको ६ किलोमा आइतबार भएको बस दुर्घटनामा एकै गाउँका १७ जना परेपछि गाउँ शोक र चिन्तामा डुबेको छ ।

दुर्घटनामा १५ मृतकमध्ये आठजना सिन्धुपाल्चोक जिल्लाका छन् । त्यसमध्ये जुगल गाउँपालिका–७ याङलाकोटका १५ महिने बालिकासहित पाँचको मृत्यु भएको र १२ जना घाइते भएपछि गाउँ शोक र चिन्तामा डुबेको हो । दुर्घटनामा एकै परिवारका सबै तीनमध्ये आमाछोरीको मृत्यु भएको र बाबु गम्भीर अवस्थाको घाइते भई अस्पतालमा उपचार गराइरहेकाले मृतकको नाममा रुने व्यक्तिसमेत नभएको पालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बताउनुभयो ।

दुर्घटनामा एकै परिवारको पाँचजनासम्म परेका छन् । श्रीमती र दुई छोरीको मृत्यु भएको र बाबु र छोरी घाइते भएपछि शव बुझ्ने व्यक्तिसमेत नभएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो ।

दुर्घटनामा गाउँका मानिस धेरै परेपछि अनलाइनबाटै पालिकाको आकस्मिक बैठक बसी गाउँ विपद् कोषबाट प्रत्येक मृतकको किरिया खर्चबापत आफन्तलाई जनही रु ५० हजार प्रदान गरिएको छ । घाइतेको रेखदेखका लागि समिति गठन गर्नाका साथै शोक मनाउन पालिकाभित्र सोमबार सार्वजनिक बिदा दिने निर्णयसमेत गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यसैबीच आज बिहानसम्म मृतकमध्ये सात जनाको शव आफन्तले बुझेर लगेका छन् । मृतकमध्ये सनाखत हुन नसकेको शव मेलम्ची नगरपालिका ढाँडखोला निवासी ३३ वर्षीया सुनिता तामाङको भएको खुलेको छ । दुर्घटनामा घाइते १९ मध्ये ह्याम्स अस्पतालमा १४, नर्भिक अस्पतालमा दुई, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा एक, धुलिखेल अस्पतालमा एक र सिन्धु सदाबहार अस्पतालमा एकजनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

दोलखाको कालीञ्चोकबाट भक्तपुरका लागि छुटेको बा।४ख ४४६८ नंको रिजर्भ बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको थियो । ब्रेक फेल भएको गाडी जबर्जस्ती चलाउँदा अप्रिय घटना हुन गएको घाइतेहरुले बताएका छन् । चालक फरार रहेको प्रहरीले बताएको छ । बस दुर्घटनामा जिल्लामा दुई महिनाको अवधिमा ५१ जनाले ज्यान गुमाइसकेका छन भने दर्जनाँै व्यक्ति घाइते भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।