• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo

राजधानीमा विप्लव समुहको प्रदर्शन, प्रदर्शनमा प्रहरीको धरपकड



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको विरोध प्रदर्शन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

सोमबार काठमाडौंको ढल्कुमा सीमा मिचिएको विरोधमा प्रदर्शन गर्ने तयारी गरिरहेका विप्लव समूहका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको विरोधमा प्रदर्शनको तयारी गरिएको थियो ।

विज्ञहरुले सार्वजनिक गरेको नयाँ नक्सासहित प्रदर्शन गर्ने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीको हस्तक्षेपछि कार्यकर्ता तितरवितर भएका थिए । अन्तिममा विद्यार्थीहरुले केही समय प्रदर्शन गर्दै कोणसभा गरेका थिए ।