९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्यान्न उत्पादनमा रोक



अ+ अ-

काठमाडौं । मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गरेको अभियोगमा २२ उद्योगको उत्पादनमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका १२ भन्दा बढी स्थानमा सञ्चालित उद्योगको अनुगमन गरेलगत्तै ती उद्योगहरुको उत्पादनमा रोक लगाइएको हो ।

विभागका महानिर्देशक डा मतिना वैद्यले विभागसँग भएको सम्झौता र अनुमतिलाई अवज्ञा गर्दै खान अयोग्य र अस्वस्थ खाद्यान्न तथा पिउने पानी उत्पादन गरी बिक्री वितरण गरेकाले उद्योग बन्द गरिएको जानकारी दिनुभयो । उहाँले बन्द गरिएका उद्योगको नाम दिन अस्वीकार गर्दै बन्द उद्योगको अभियोग प्रमाणित भएमा खाद्य ऐन, २०२३ अनुसार कानुनी कारबाही गरिने बताउनुभयो ।

नेपालको खाद्य ऐन तथा नियमावलीले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने खाद्यान्न तथा पिउने पानी उत्पादन गरेको प्रमाणित भएमा रु ५० हजार जरिवाना र पाँच वर्षसम्मको जेल सजाय निर्धारण गरेको छ ।

विभागले चालू आर्थिक वर्षको चौमासिक प्रतिवेदन सार्वजनिक गर्दै यस वर्ष १७९ उद्योगलाई नयाँ अनुज्ञापत्र, ५३० को नवीकरण, ५३५ नयाँ उद्योग स्थापना गर्न सिफारिस गरेको छ भने सात हजार ७७२ लाई आयात अनुमति प्रदान गरेको र ४९ खाद्य पदार्थका अनुमति अस्वीकृत गरेको जनाएको छ ।