२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाले तोक्यो स्थानीय तहका इञ्चार्ज र सहइञ्चार्ज



अ+ अ-

इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इलामका विभिन्न नगर तथा गाउँपालिकाका इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको छ । नेकपा इलामको सचिवालय बैठकको निर्णयबाट सर्वसम्मतबाट इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको हो । नेकपाको इलाम नगरपालिकाका इञ्चार्जमा भक्त केसी र सहइञ्चार्जमा कृष्ण श्रेष्ठ र जीवन शर्मा ढुङ्गाना, सूर्योदय नगरपालिकाका इन्चार्जमा तेजबहादुर राई, सहइन्चार्ज आरबी राई र नरेश तामाङ चयन भएका छन् ।

यस्तै, देउमाई नगरपालिकाका इञ्चार्जमा शान्ता बस्नेत, सहइन्चार्ज सूर्य पोखरेल र गोविन्द न्यौपाने, माई नगरपालिकाका इञ्चार्जमा महेश बस्नेत, सहइन्चार्जमा बुद्धि खनाल र दीपक सिन्चुरी रहेका नेकपाले जनाएको छ । यसैगरी गाउँपालिकामध्ये चुलाचुली गाउँपालिकाका इन्चार्जमा ओमनारायण खनाल, सहइन्चार्ज विन्दु विश्वकर्मा र न्युसन राई, माङ्सेबुङ गाउँपालिकाका इन्चार्जमा किरणकुमार राई, सहइन्चार्जमा तारा पौडेल रहेका छन् ।

फाकफोकथुम गाउँपालिकाका इन्चार्जमा राजकुमार थापा, सहइन्चार्जमा छत्र सुब्बा, सन्दकपुर गाउँपालिकाका इञ्चार्जमा उमेश गुरुङ, सहइन्चार्जमा याम राई र भोजप्रसाद खतिवडा चयन गरिएको नेकपाका कार्यालय सचिव नवराज शङ्करले जानकारी दिए । माईजोगमाई गाउँपालिकाकाा इन्चार्जमा कुवीरमान राई, सहइन्चार्जमा जीतबहादुर राई र दाताराम सञ्जेल, रोङ गाउँपालिकाका इन्चार्जमा चित्रकला बराइली, सहइन्चार्जमा देवकुमार राई र विष्णुमाया खवास चयन भएका छन् ।