• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   बुद्धजयन्ती मनाइयो ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक ★   महासङ्घ अध्यक्ष ढकालद्वारा जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह ★   मायादेवी पदमार्गको विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि मायादेवी ट्रेल रनको आयोजना ★   पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज ★   साकेला उभौली: उल्लासमय बन्दै किराँत गाउँबस्ती ★   पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड

लडेर एकको मृत्यु



कैलाली । धनगढी उपमहानगरपालिका–३ स्थित केदारटोलमा गएराति शौचालयमा लडेर एक जनाको मृत्यु भएको छ । केदारटोलमा बस्ने जगतबहादुर बमका ३१ वर्षीय छोरा रोशन बमको शौचालयमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आज जानकारी दिए ।

सोमबार राति शौचालय गएका बम लामो समयसम्म नफर्किएपछि परिवारका सदस्यले शौचालयको ढोका खोलेर हेर्दा बेहोस अवस्थामा फेला पारेको र उपचारका लागि धनगढीकै मायामेट्रो अस्पताल ल्याएकामा मृत भनी उपचारमा संलग्न चिकित्सकले बताएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । मृतक बमको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको बताइएको छ ।