१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेन संकटः लिथुआनिया र बेलारुसको सीमामा ११ नेपाली अलपत्र



अ+ अ-

काठमाडौंः युक्रेनमाथि रुसले भिषण आक्रमण र बमबारी गरेसँगै युक्रेन र रुसबाट पलायन हुनेहरुको संख्या निरन्तर बढ्दो छ । यस क्रममा युक्रेन र रुसबाट नेपालीहरु पनि युरोपका अन्य देशतर्फ भाग्न थालेका छन् ।

पछिल्लो पटक रुसबाट भागेका ११ जना नेपाली अहिले लिथुआनिया र बेलारुसको सिमानाको जङ्गलमा अलपत्र परेको खबर सार्वजनिक भएको छ । 

उनीहरु रुसबाट युरोपका अन्य मुलुक जान हिँडेका थिए । बेलायतमा रहेका पत्रकार एवं युक्रेन र रसियाबाट भागेका नेपालीहरुको उद्धार र पुनस्र्थापनामा सक्रिय चिरन शर्माका अनुसार सीमा क्षेत्रमा अलपत्र परेका अधिकांश रुसमा रहेका नेपाली हुन् । 

उनीहरु विगत चार वर्षदेखि रुसमा काम गर्दै आएका थिए । ती मध्ये केही विद्यार्थी पनि छन् । 

सम्पर्कमा आएका ती नेपालीहरुलाई लिथुआनिया र बेलारुसका सीमा प्रहरीले असहयोग गरेको बताइएको छ । उनीहरुको साथमा रहेको रकम समेत सकिएकाले खानेकुरा किन्न मुश्किल भएको तथा युरोपेली अन्य मुलुकमा सेन्जेन भिसा पनि नदिइए पछि सीमा क्षेत्रमा अलपत्र परेर बस्नु परेको छ । 

ती नेपालीले आफूलाई सम्पर्क गरेको तर विस्तृत विवरण नदिएको पनि पत्रकार शर्माले जानकारी दिनुभएको छ । उहाँले न्यूजपोलारलाई भन्नुभयो, सम्भवतः असुरक्षाका कारण उनीहरुले बताउन सकेनन् । पुनः सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ ।  

आक्रमण गर्न थालेयता ज्यान जोगाउन २० लाखभन्दा बढी मानिस छिमेकी मुलुकतर्फ भागेका छन् । निकै घातक ठानिएको यस युद्धमा रुसी बमबारीबाट हजारौंको ज्यान गइसकेको बताइएको छ, तर स्वतन्त्र पुष्टी भइसकेको छैन । 

युक्रेनमा अध्ययन र काममा रहेका कतिपय नेपालीको भने उद्धार भइसकेको नेपाल सरकारले जनाएको छ ।