२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढाउन सकिदैन : नेता गौतम



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न नसक्ने बताउनुभएको छ ।

अखिल नेपाल किसान महासंघले आयोजना गरेको कृषि विकास, खाद्य संप्रभुता र जलवायु न्याय संबन्धि बहुपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले कृषिको उत्पादन बढाउन चक्लाबन्दी अवस्यक रहेको बताउनुभएको हो । उहाँले भूमिको चक्लाबन्दी सरकारले किसानलाई चलनचल्तिको मूल्य तिरेर गर्नुपर्ने समेत बताउनुभयो । उहाँले चक्लाबन्दी नगरे कृषिमा अन्य मूलु्कहरुसँग प्रतिस्प्रधा गर्न नसकिने समेत बताउनुभयो । त्यस्तै नेता गौतमले कृषिमा यान्त्रीकरण, व्यवसायीकरण तथा डिजिटल उत्पादन नगरे कृषि उत्पादन बढ्न नसक्ने र त्यसका लागि कृषि भूमिको चक्लाबन्दी अवस्यक रहेको बताउनुभयो ।

उहाँले खाद्य संप्रभुतालाई संविधानमा उल्लेख गरिएको भएपनि त्यसको कार्यान्वयनमा कानून निर्माण गरी अगाडी बढ्नुपर्ने बताउनुभयो । त्यस्तै जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असरलाई न्यूनिकरण गर्न वन क्षेत्रको संरक्षण आवश्यक रहेको बताउनुभयो । जलवायु परिवर्तनको समस्या समाधानका लागि औद्योगिक क्षेत्रमा उर्जाको प्रयोग गर्नुपर्ने र सरकारले त्यसका लागि आवस्यक व्यवस्था गरिरहेको बताउनुभयो । त्यस्तै उहाँले जलवायु परिवर्तनका लागि असर पार्ने खालका गतिविधि गर्ने मुल्कहरुसँग क्षतिपूर्ति माग्नुपर्ने र क्षतिपूर्ति लिंदै गर्दा औद्योगिकरणमा जाँदैनौं भन्न नहुने समेत बताउनुभयो ।