१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षा कोषको दुरुपयोग गरियो : नेतृ संग्रौला



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले विभिन्न मुलुकहरुसँग भएका श्रम सम्झौताहरु सरकारले कार्यान्वयनमा ल्याउन नसकेको बताउनुभएको छ ।

श्रममन्त्री रामेश्वर राय यादवलाई ध्यानाकर्षणपत्र बुझाएपछि कांग्रेस संसदीय दलको कार्यालयमा भएको पत्रकार सम्मेलनम संग्रौलाले सामाजिक सुरक्षा कोषको दुरुपयोग भएको समेत बताउनुभएको छ । सामाजिक सुरक्षा कोष र शून्य लागतका सन्दर्भमा सरकारले गरेका कामहरु समेटेर श्वेतपत्र जारी गर्न पनि उहाँले माग गर्नुभयो । दुई तिहाईको सरकारले श्रमिक र सर्वहाराको नाममा प्रचार गरेपनि पूँजीपतिहरुको हालिमुहाली रहेको उहाँको आरोप थियो ।

फ्रि भिसा फ्रि टिकट नेपाली कांग्रेसको नीति भएको र अहिलेको सरकारले शून्य लागतका नाममा सुरु भएपनि कामदारहरुले दुःख पाईरहेको उहाँले बताउनुभयो । संग्रौलाले सामाजिक सुरक्षा कोषको सुरुवात भएको एक वर्ष वितेपनि कार्यान्वयन फिलतो भएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले आफ्नो फोटो पोलपोलमा टाँस्न लगाएर नयाँ युगको सुरुवात भयो भन्दै भड्कीलो प्रचार मात्रै गरेको र कार्यान्वयन फितलो भएको उहाँको भनाई छ ।

उहाँले सुरक्षा कोषमा सरोकारवालाहरु नै छुटेको दाबी गर्दै सरकारको धारणासमेत माग्नुभएको छ । नेतृ संग्रौला छाया सरकारकी छाया श्रममन्त्री हुनुहुन्छ ।