११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नयाँ सभामुख चयनमा दाहालमाथि नैतिक दबाब आईपर्दै

नयाँ सभामुख चयनमा दाहालमाथि नैतिक दबाब आईपर्दै
अ अ+ अ-

काठमाडौं । संसद् सभामुखविहीन भएको ७९ दिन पुगेको छ। नेकपाले नयाँ सभामुखबारे निर्णय नगर्दा नेताहरू अलमलमा छन्। पूर्वमाओवादी पक्षका नेताले भने पार्टी एकतापूर्वको भागबन्डाअनुसार सभामुख पद नछाड्न अध्यक्ष पुष्पकमल दाहाललाई दबाब दिएका छन्। नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिका यादवलगायतले यसबारे सोमबार बिहान दाहालसँग जिज्ञासा राखेका थिए। ‘सभामुख चयनबारे अनेक अडकलबाजी छन्।

अबको सभामुख को हो ? हामीले पूर्वएमालेतिर दिने गरी यो पद छाडिसकेको हो र ? ’, उनीहरूले दाहालसँग जिज्ञासा राखे। स्थायी समिति बैठकमा पेस भएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा समान धारणा बनाउन दाहालले खुमलटारमा उनीहरूलाई बोलाएका थिए। उनीहरूले सुरुमा दाहालको ब्रिफिङ सुनेका थिए। त्यसपछि भने सभामुख चयनका विषयमा जिज्ञासा उठाएको एक नेताले बताए।

पार्टी एकतापूर्वको भागबन्डामा सभामुख माओवादी भागमा परेको, पार्टी एकता भए पनि अझै संगठनात्मक एकताको काम संक्रमणकै अवस्थामा रहेको, एकता महाधिवेशनसम्म तत्कालीन पार्टीको भागबन्डा यथावत् राख्नुपर्ने भएकाले सभामुख छाड्न नसकिने धारणा उनीहरूले सुनाएका थिए। संवैधानिक पदमा भएको भागबन्डा छाड्न नहुने भन्दै केही नेताले दबाब दिएका थिए। एक–एक गरी नेताहरूको कुरा सुनेपछि दाहालले सभामुख चयनका विषयमा निर्णय नभएको जवाफ दिएका थिए।

‘प्रधानमन्त्रीसँग अब सभामुख चयन प्रक्रिया लम्बाउनु हुँदैन, छिटो टुंग्याउनुपर्छ। स्थायी समिति बैठक सकेर दुई अध्यक्षले यस विषयमा छलफल गरौं र एउटा निर्णयमा पुगौंला भन्ने कुरा मात्र भएको छ’, दाहाललाई उधृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘अहिले यही पात्र र यही पूर्ववत् पार्टीलाई सभामुख भन्ने ढंगले छलफल चलेकै छैन। प्रधानमन्त्रीले पनि न सभामुखमा यो व्यक्तिलाई अगाडि सार्‍यौं भन्नुभएको छ न मैले पनि यो व्यक्ति भनेर नाम प्रस्ताव गरेको छु। विगतको भागबन्डा बदल्ने÷नबदल्ने कुनै छलफल छैन।’

दाहालले नेताहरूलाई आश्वस्त पार्न खोजेका थिए। ‘सभामुखको नाम टुंगियो, सहमति भयो, ग्रिन सिग्नल प्राप्त भयो भन्नेजस्ता कुराहरू आइरहेका छन्’, उनले भने, ‘पार्टीमा यो क्षणसम्म सभामुखका विषयमा कुनै प्रकारको छलफल भएकै छैन।’ सभामुखका लागि पूर्वमाओवादीबाट देव गुरुङ, पम्फा भुसाल र अग्नि सापकोटाको दाबी छ। पूर्वएमालेबाट सुवासचन्द्र नेम्बाङको नाम चर्चामा छ। नेम्बाङले भने यसबारे केही बोलेका छैनन्। उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि दाबी गरेकी छन्। पूर्वमाओवादी पक्षधर नेताले सभामुख चयन गर्दा तीनवटा मापदण्ड अपनाउन दाहाललाई सझुाएका छन्।

एकतापूर्वको संवैधानिक अंगका बीचमा भएको भागबन्डामा सभामुख पद पनि भएकाले पूर्ववत् समूहबाट छाड्न नहुने, स्थायी समिति सदस्यभन्दा तलका नेतालाई सभामुखमा पठाउन नहुने र प्रत्यक्ष निर्वाचित नेतालाई मात्र सभामुखमा लैजानुपर्ने प्रस्ताव उनीहरूले गरेको स्रोतले जनाएको छ। दाहालले पनि नेताहरूका सुझावअनुसारकै निर्णय लिइने भन्दै विश्वस्त पार्ने प्रयास गरेका थिए। संसद्को हिउँदे अधिवेशन पुस ४ लागि आह्वान भएको छ। अधिवेशनको पहिलो प्राथमिक कार्यसूचीमा सभामुख चयन प्रक्रिया छ।

अबको एक साताभित्र संसद्ले सभामुख पाउनेछ। संसद्मा बहुमत रहेकै कारण उपसभामुखलाई राजीनामाका लागि नेकपाले सन्देश छाडिसकेको छ। स्थायी समिति बैठकमा सोमबार राजनीतिक प्रतिवेदनमा टिप्पणी राख्ने क्रममा संसदीय दलका प्रमुख सचेतकसमेत रहेका नेता देव गुरुङले सभामुख चयनका विषयमा पार्टीले आफ्नो दृष्टिकोण तय गर्नुपर्ने माग गरेका थिए। ‘संविधानले सभामुख रिक्त रहने परिकल्पना गरेको छैन। लामो समय भयो, संसद्मा सभामुख पद रिक्त छ’, उनले भनेका थिए, ‘संसद्को अबको पहिलो एजेन्डा सभामुख चयनकै छ। यसमा पार्टीको यो बैठकले एउटा दृष्टिकोण बनाओस्।’

सोमबार र मंगलबार बोलेका २५ जना स्थायी समिति सदस्यमध्ये अन्यले यस विषयमा खासै टिप्पणी गरेका छैनन्। स्थायी समिति बैठक यसमा चुपचाप देखिएको छ। दिनभर पार्टी बैठकको अध्यक्षता गरेका दाहाल र बालुवाटारमै रहेका प्रधानमन्त्री केपी ओलीबीच पनि यो विषयमा थप छलफल भएको छैन। अन्नपुर्णपोष्ट दैनिकबाट