३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

सुनसरीकाे शङ्करबेली सिमसारमा बढ्दो पर्यटक चाप, आन्तरिक पर्यटनको नयाँ गन्तव्य

सुनसरीकाे शङ्करबेली सिमसारमा बढ्दो पर्यटक चाप, आन्तरिक पर्यटनको नयाँ गन्तव्य
अ+ अ-

काठमाडाैँ ।सुनसरीकाे रामधुनी नगरपालिका–६ स्थित शङ्करबेली सिमसार पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। करिब १३ वर्षअघि स्थापना गरिएको उक्त सिमसार क्षेत्र उपभोक्ता समितिको सक्रियता, संरक्षण तथा सरसफाइ अभियानसँगै प्रदेश र स्थानीय सरकारको सहयोगमा व्यवस्थित पर्यटकीयस्थलका रूपमा विस्तार गरिएको हो।

सिमसार व्यवस्थापन समितिका पूर्वअध्यक्ष रत्न राईका अनुसार यहाँ दैनिक हजारौँ पर्यटकको आगमन हुने गरेको छ। वनभोजको याममा दैनिक १० हजारभन्दा बढी र ‘अफ सिजन’मा समेत दैनिक करिब १५० जना पर्यटक आउने गरेको उहाँले जानकारी दिए।

राईका अनुसार कात्तिकदेखि पुससम्म तथा वैशाख १५ देखि जेठ २० सम्म वनभोजका लागि यहाँ विशेष भीड लाग्ने गर्दछ। शङ्करबेली वन उपभोक्ता समितिले संरक्षण गर्दै आएको यो सिमसार प्राकृतिक मनोरञ्जन र वनभोजका लागि उपयुक्त स्थलका रूपमा परिचित छ। विशेषगरी वैशाख महिनामा शिरीषका फूल फुल्दा यहाँको सौन्दर्य झन् मनमोहक बन्ने र सो समयमा पर्यटकको चाप उल्लेख्य रूपमा बढ्ने गरेको समितिको भनाइ छ।

यस क्षेत्रमा एकै पटक करिब ११० वटा टोलीले वनभोज गर्न सक्ने क्षमता रहेको छ। वनभोजका लागि आउने टोलीबाट ३०० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म शुल्क लिने गरिएको छ। उक्त शुल्कबाट सिमसारको संरक्षण, सरसफाइ तथा व्यवस्थापन कार्य सञ्चालन हुँदै आएको समितिले जनाएको छ।

करिब साढे चार बिघा क्षेत्रफलमा फैलिएको सिमसारमा कोशी प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८०/८१ मा विनियोजित दुई करोड रुपैयाँबाट विभिन्न पूर्वाधार निर्माण गरिएको उपभोक्ता समितिका सदस्य निश्चल तामाङले जानकारी दिए।

सिमसारको बीचमा निर्माण गरिएको ‘ह्वाइट हाउस’ पनि पर्यटक आकर्षणको मुख्य केन्द्र बनेको छ। रामधुनी नगरपालिकाको करिब एक लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त संरचनाले सिमसारको सौन्दर्य थप बढाएको छ।

हाल यहाँ धरान, इटहरी, विराटनगर, झापा र उदयपुरलगायत विभिन्न जिल्लाबाट मात्र नभई भारतबाट समेत पर्यटक आउने गरेका छन्।