११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

३१७ वर्ष पुरानो पाँचतले मन्दिरको जीर्णोद्धार सुरु

३१७ वर्ष पुरानो पाँचतले मन्दिरको जीर्णोद्धार सुरु
अ अ+ अ-

भक्तपुर दरबार स्क्वायरको टौमढीस्थित पाँचतले मन्दिरको जीर्णोद्धार सुरु भएको छ । नेपालकै गौरव मानिने विश्व प्रसिद्ध यो मन्दिर ३ सय १७ वर्ष पुरानो मानिन्छ । मन्दिर जीर्ण बनेपछि नगरपालिकाले ०५६ सालमा मर्मत गरेको थियो । ०७२ को भूकम्पले मन्दिरको पाँचौँ तलामा क्षति पुर्याएपछि नगरपालिकाले पुनः मन्दिर जीर्णोद्धार सुरु गरेको हो । मन्दिर संरक्षणका लागि नगरपालिकाले स्थानीय केशव तमखूको अध्यक्षतामा उपभोक्ता समिति बनाएको छ ।

समितिले मन्दिर संरक्षण तथा जीर्णोद्धारको काम थालिसकेको वडाध्यक्ष रामगोपाल कर्माचार्यले जानकारी दिए । भूकम्पले धेरै सम्पदा र भौतिक संरचना क्षतविक्षत पारे पनि पाँचतले मन्दिरमा भने ठूलो क्षति पुगेको थिएन । १९९० सालको भूकम्पले पनि मन्दिरको गजुर रहेको पाँचौँ तलामै क्षति पुर्याएको थियो । यसअघि राजा महेन्द्रले ०१९ मा पनि मन्दिर जिर्णोद्धार गर्न लगाएका थिए ।नगरपालिकाले भूकम्पले क्षति पुर्याएको चार वर्षपछि मन्दिरको संरक्षण कार्य अघि बढाएको हो ।

मन्दिरका लागि नगरपालिकाले ६५ लाख १३ हजार तीन सय ५८ रुपैयाँको लगत इस्टिमेट तयार पारेको छ । वडाध्यक्ष कर्माचार्यका अनुसार उपभोक्ता समितिले आगामी असारसम्ममा मन्दिरको गजुर पुनर्निर्माण गर्ने र जीर्ण बनेका अन्य संरचनासमेत नयाँ स्वरूपमा तयार गरिसक्नेछ । मन्दिरमा गुठी संस्थानले नियुक्त गरेका पुजारीले दैनिक पूजाआजा गर्छन् । वडाध्यक्ष कर्माचार्यका अनुसार विशेष पूजाआजाबाहेक मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न दिइन्नँ । मन्दिर परिसरबाट बर्सेनि बिस्केट जात्राको रथयात्रा सुरु हुन्छ । नयाँ पत्रिका दैनिकबाट