११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

कुहिएको चामल प्रशोधन गर्न खोजेपछि खाद्यको गोदाममा छापा

कुहिएको चामल प्रशोधन गर्न खोजेपछि खाद्यको गोदाममा छापा
अ अ+ अ-

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको थपाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अञ्चल कार्यालयको गोदाममा छापा मारेको छ ।कम्पनीले नष्ट गर्न राखेको चामल परीक्षण गरेर प्रशोधन गर्ने प्रयास गरेको समाचार बाहिर आएपछि विभागको नेतृत्वमा जिल्ला प्रशासान कार्यालय काठमाडौंसहितको टोलीले मंगलबार छापा मारेको हो । कम्पनीले आफ्नो कमजोरीलाई ढाकछोप गर्न विभागलाई झुक्याएर नष्ट गर्न राखेको चामल परीक्षण गरेर गैरकानुनी काम गर्ने प्रयास गरेको पाइएको छ ।

खाद्यका कर्मचारीको चरम लापर्बाहीका कारण गोदाममै कुहिएको लाखौं मूल्य बराबरको चामलसम्बन्धी समाचार राजधानी दैनिकमा आएपछि विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले छापा मारेको विभागले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गर्न थालेपछि कारबाहीमा पर्ने डरले विभागलाई पत्तै नदिएर कुहाएको चामल परीक्षण गरेर फर्जी कागज मार्फत चामललाई राम्रो बनाउने प्रक्रियाको थालनी गरेको स्रोतको दाबी छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अनुगमन महाशाखाका निर्देशक किशोर खत्रीले भने, ‘विभागलाई झुक्याएर नष्ट गर्न भनेर राखेको चामल परीक्षण गर्नु गैरकानुनी कार्य हो ।मंगलबार विभाग र जिल्ला प्रशासन कार्यालयको टोलीले छापा मारेर विभागलाई टिप्पणी (मुचुल्का) लेख्न लगाएर गोदामको चामल हाललाई यथावत राख्न निर्देशन दिएकोे छ । ‘कम्पनीलाई गोदाममा कुहिएको चामल तत्काल नष्ट गर्ने भनेर पत्र पठाउने तयारीमा छौं । कम्पनीले जिल्ला प्रशासन कार्यालय, विभाग र अन्य सरोकारवाला निकायको उपस्थितमा गोदाममा राखेको कुहिएको चामल नष्ट गर्नुपर्छ ।’ निर्देशक खत्रीले भने ।

कम्पनीले अझै बदमासी गर्ने प्रयास गरेमा सिधै खाद्य ऐनबमोजिम कारबाही हुने निर्देशक खत्रीको भनाइ छ । कम्पनीको थापाथलीस्थित अञ्चल कार्यालयको गोदाममा ४ सय ८७ क्विन्टल २२ किलो बासमती चामल कुहिएको समाचार राजधानी दैनिकमा प्रकाशित भएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थाल्दै कम्पनीलाई सम्पूर्ण विवरण पठाउन निर्देशन दिएको थियो । अख्तियारले कम्पनीलाई ८ मंसिरमा गोदाममा मौज्दात अन्य खाद्यवस्तुको विवरण, अवस्था र भण्डारण गरिएको खाद्यवस्तुको गुणस्तर प्रमाणपत्रसहित उपलब्ध गराउन भनेको थियो ।

अख्तियारको निर्देशनमा खाद्य कम्पनीले गोदाममा थन्किएको चामलको तथ्यांक बुझाए पनि चामल खान मिल्ने वा नमिल्ने कुनै रिपोर्ट भने बुझाएको छैन । अख्तियारको निर्देशनमा चामलको गुणस्तर रिपोर्ट बुझाउन चामलको गुणस्तर परीक्षणका लागि २३ मंसिरमा विभाग पठाएको थियो । कम्पनीको गुणस्तर रिपोर्ट आएपछि कुहिएको चामल प्रशोधन गरेर बिक्रीवितरण गर्ने योजना कम्पनीले बनाएको थियो । आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले विभिन्न जिल्लाबाट खरिद गरेको धान जनकपुरस्थित मिलमा कुटाएको थियो ।

कम्पनीका अनुसार आव २०७२/७३ मा जनकपुर मिलबाट ल्याइएको करिब ५ हजार क्विन्टल चामलमध्ये ४ सय ८७ क्विन्टल २२ किलो बासमती चामल कुहिएको छ । कम्पनीको धान किन्दा र कुटाउँदासम्मको लागत खर्च प्रतिकिलो ६८ रुपैयाँ मात्र परेको थियो । थापाथलीस्थित गोदाम नम्बर २४ मा ३ सय २३.१७ क्विन्टल र ३० नम्बर गोदाममा १ सय ६४.०५ क्विन्टल बासमती चामल कुहिएको पाइएको छ । कम्पनीले सो बासमती चामल प्रतिकिलो ८३ रुपैयाँका दरले बिक्री गर्दै आएको छ । प्रतिकिलो ८३ रुपैयाँका दरले हिसाब गर्दा ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँको चामल गोदाममै कुहिएको अवस्थामा छ । राजधानी दैनिकबाट