१० भाद्र २०८३, बुधबार
,
Latest
बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक



अ+ अ-

काठमाडाैँ । नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा भारती घिमिरे र साकर आप्टे र अस्मिता अधिकारी, मदनकृष्ण श्रेष्ठ, विपिन कार्कीले स्वर दिनुभएको छ । त्यस्तै चलचित्रमा अभिनेता मदनकृष्ण श्रेष्ठसँगै सुनिल थापा, शिव श्रेष्ठ, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, भारती घिमिरे, प्रियंका कार्की, अरुण क्षेत्री, पञ्चमी घिमिरे, रेणुनाथ योगी, उमा गिरी, आशा पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

म्युनिक भिडियोको निर्देशन रञ्जित सिंह गाजमेरले गरेका छन् चलचित्रका लेखक र निर्देशक तुलसी घिमिरे हुनुहुन्छ । कार्यक्रममा बोल्दै घिमिरेले नयाँ पुस्ता र पुरानो पुस्ता एक आपसमा ठोक्किने र नयाँ पुस्ताले नयाँ कुरा सधैँ बोकेर हिँड्ने गरेको बताए । पुरानो पुस्ताबाट सिक्न पनि त्यत्तिकै आवश्यक रहेको उहाँले बताउनु भयो । नेपालीहरु पलायन भएर गएकाहरु पहाड नै खोजेर बस्ने गरेको बताए ।

यो पहाडको कथामा यिनै मुख्य कुरालाइ देखाइएको बताए । देश बनाउने युवा नै चाहिने र देश बनाउने काम युवाकै भएको बताए । कार्यक्रमा बोल्दै अभिनेतृ पञ्चमी घिमिरेले पहाडको कथालाई चलचित्रमा देखाइएको बताउनु भयो । पञ्चमीको यो डेब्यु चलचित्र समेत हो । चलचित्र नेपाली नयाँ वर्षको दिन देशभर सार्वजनिक हुनेछ ।




भर्खरै