३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

मध्यपूर्व द्वन्द्वको असरः सौराहाको पर्यटनमा ८० प्रतिशतबाट २० प्रतिशतमा झर्‍यो आगमन

मध्यपूर्व द्वन्द्वको असरः सौराहाको पर्यटनमा ८० प्रतिशतबाट २० प्रतिशतमा झर्‍यो आगमन
अ+ अ-

काठमाडाैँ । मध्यपूर्व क्षेत्रमा बढ्दो सैन्य तनावको प्रत्यक्ष असर चितवनको सौराहा केन्द्रित पर्यटन क्षेत्रमा देखिन थालेको छ। हवाई यात्रा महँगो र असुरक्षित बन्दै गएपछि नेपाल भ्रमणको योजना बनाएका धेरै विदेशी पर्यटकले आफ्नो यात्रा रद्द गरेका छन्।

पर्यटन व्यवसायीहरूका अनुसार भारत, चीन र अष्ट्रेलियाबाहेकका मुलुकबाट आउने अधिकांश पर्यटकले सौराहाको यात्रा स्थगित गरेका छन्। विगतका वर्षहरूमा यस अवधिमा होटलहरू करिब ८० प्रतिशतसम्म भरिने गरे पनि यस वर्ष करिब २० प्रतिशत मात्रै कोठा भरिएका छन्। स्थानीय निर्वाचनका कारण करिब १५ दिन प्रभावित बनेको पर्यटन क्षेत्र त्यसपछि मध्यपूर्वको द्वन्द्वका कारण झन् मारमा परेको हो।

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले फेब्रुअरीदेखि अप्रिलसम्म सौराहाको मुख्य पर्यटकीय सिजन हुने बताउँदै यस वर्ष अपेक्षाअनुसार पर्यटक नआएको जानकारी दिए। “द्वन्द्व भएका मुलुक मात्र होइन, अन्य देशका पर्यटकले समेत बुकिङ रद्द गरेका छन्,” उनले भने, “आकाश असुरक्षित भएपछि को घुम्न आउँछ र?”

सङ्घका उपाध्यक्ष गुणराज थपलियाले द्वन्द्वको प्रभावका कारण बढेको महँगी र विदेशमा रहेका आफन्तप्रति चिन्ताले नेपालीहरू पनि घुमफिरबाट टाढा भएको बताए। हवाई भाडा अत्यधिक बढ्नु पनि पर्यटक आगमन घट्नुको अर्को कारण बनेको उनको भनाइ छ।

पर्यटन व्यवसायी सुमन घिमिरेका अनुसार उहाँको होटलमा भएको करिब ५० प्रतिशत बुकिङ रद्द भइसकेको छ। यद्यपि अक्टोबर–नोभेम्बरका लागि भएका बुकिङ भने यथावत् रहेको र तत्काल द्वन्द्व अन्त्य भए सुधार आउने आशा गरिएको उनले बताए । “यो सिजनमै यस्तो असर परेपछि समग्र वर्ष नै प्रभावित हुने देखिन्छ,” उनले भने।

वनवास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेले पनि मध्यपूर्व तनावका कारण पर्यटक आगमनमा ठूलो गिरावट आएको उल्लेख गरे। “धेरैजसो उडानहरू मध्यपूर्वका ट्रान्जिट हुँदै आउने भएकाले ती मार्ग प्रभावित हुँदा सिधै पर्यटनमा असर परेको छ,” उनले भने ।

त्यस्तै, पर्यटन व्यवसायी सन्तोष गिरीले पनि अन्तर्राष्ट्रिय उडान र ट्रान्जिट विमानस्थलहरू प्रभावित हुँदा टिकट काटिसकेका पर्यटकले समेत यात्रा रद्द गर्न बाध्य भएको बताउनुभयो। “द्वन्द्वको अवस्था हुँदा घुम्न आउने वातावरण नै हुँदैन,” उनले भने।

सौराहामा हाल १४८ वटा होटल सञ्चालनमा छन्, जसमा करिब ७,२०० पर्यटक अट्ने क्षमता छ। यहाँ प्रत्यक्ष रूपमा ६,४०० जनाले रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा १२ हजारभन्दा बढी निर्भर छन्।

चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासका सामुदायिक वनमा पाइने दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोहीलगायत वन्यजन्तु अवलोकनका लागि सौराहा विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख गन्तव्य रहँदै आएको छ। साथै थारू संस्कृतिको आकर्षण, विभिन्न संघसंस्थाका कार्यक्रम तथा भारतीय पर्यटकका विवाह समारोहले समेत सौराहाको पर्यटनलाई चलायमान बनाउँदै आएको थियो। तर, विश्वव्यापी द्वन्द्वको प्रभावले अहिले यो क्षेत्र गम्भीर चुनौतीमा परेको छ।