• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   वित्तीय समानीकरण अनुदान २५ प्रतिशतका दरले चार किस्तामा वितरण गरिन्छ: अर्थमन्त्री पुन ★   पुन: मतगणनाको आदेश रोक्न माग गर्दे व्यास नगरपालिका मेयर न्यौपाने सर्वोच्चमा ★   इँटा भट्टामा काम गर्ने बालबालिकाको पढाइ प्रभावित ★   सङ्खुवासभामा खोलाले बगाउँदा विद्यार्थीको मृत्यु ★   अत्याधिक गर्मीले बाँकेमा छालाका  बिरामी बढे ★   बैंकिङ क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको हो: अर्थमन्त्री पुन ★   अस्ट्रेलियाका लागि विश्वकप जिताएका प्याट कमिन्स पानी दिँदै देखिए ★   हुरीबतासको क्षति: बीस ट्रान्सफर्मरबाट विद्युत् सञ्चालन हुन बाँकी ★   केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक टुंगोमा पुर्‍याउने गरी जुटेका छौँ: मन्त्री गिरी ★   मिचेल स्टार्कले इंग्ल्याण्डविरुद्धको खेल गुमाउने !

गाउँपालिकाले लगायो सवै माविमा विधुतीय हाजिरी



खोटाङ । शिक्षकलाई नियमित बनाउन गाउँपालिकाले इ-हाजिरी सेवा कार्यान्वयनमा ल्याएको छ । दिप्रुङ चुईचुम्मा गाउलालिकाले १४ वटा माध्यामिक विद्यालयमा बिधुतिय इ-हाजिरी सेवा कार्यान्वयनमा ल्याएको हो ।

गाउपालिकाले आर्थिक बर्ष २०७६/७७ मा गाउँसभाबाट १० लाख रकम बिनियोजित गरी गाँउपालिका भित्रका १४ वटा माविमा इ-हाजिरी सेवा सुचारु गरिएको गाउपालिका जनाएको छ ।

शिक्षा क्षेत्रमा शुसासनको कदम चाल्दै यसपाली पालिका भित्रका सबै माबि र अर्को बर्ष आधारभुत र निमाबिमा पनि निरन्तर यो कार्यक्रम लागू गरिने पालिका अध्यक्ष भुपेन्द्र राईले बताए ।

उनले भने गएको शैक्षिकसत्रमा दरबन्दी मिलान गरियो दरबन्दी नपुगेको ठाउमा,गाउसभाले रु ५० लाख बिनियोजन गरि मास्बि निमाबी र प्राबिमा दरबन्दी सृजना गरि शिक्षक नियुक्ति पनि गरियो, यतिले मात्र शिक्षा क्षेत्रलाई अगाडि बढाउन नसकिने भएकोले ई-हाजिरी बाट शिक्षक शिक्षिकाहरु नियमितलाई नि अझ नियमित बनाउन बल पुग्ने छ भन्ने बिश्वास लिएका छौ ।