१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्खुवासभामा खोलाले बगाउँदा विद्यार्थीको मृत्यु



फाइल फोटो
अ+ अ-

किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सिलागोलामा खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ ।

वाङ खोलाले बगाउँदा भोटखोला–२ च्याम्ताङका चार वर्षीय बुद्धसियन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो । उनी कृष्ण माध्यमिक विद्यालय स्याक्सिलागोलामा कक्षा १ मा अध्ययरत थिए ।

लामा बुधबार दिउँसो साथीहरुसँगै विद्यालय नजिकैको वाङ खोलामा खेल्न गएका थिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदल दुरीमा पर्छ । रासस