५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुन: मतगणनाको आदेश रोक्न माग गर्दे व्यास नगरपालिका मेयर न्यौपाने सर्वोच्चमा



अ+ अ-

काठमाडौं । उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकाको पुन: मतगणना गर्न दिएको आदेश रोक्न माग गर्दे मेयर वैकुण्ठ न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

गत जेठ १ गते व्यास नगरपालिकाको पुन: मतगणना गर्न उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले आदेश दिएको थियो। २०७९ वैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुन: मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा दर्ता गराउनु भएको मुद्दामा अदालतले पुन: मतगणना गर्न आदेश दिएको थियो ।

नगर प्रमुख न्यौपानेले दायर गर्नुभएको रिटको पेसी जेठ २७ गते आइतबार तोकिएको छ।

रिटमा निर्णय सर्वोच्चबाट पुनरवलोकन हुन सक्ने र सर्वोच्चबाट अन्तिम निर्णय नभएसम्म उच्चको आदेशकै भरमा पुन: मतगणना गरिए आफूलाई अपूरणीय क्षति हुने दाबी गरिएको छ ।