११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नयाँ सभामुखको टुंगो लगाउदै नेकपा

नयाँ सभामुखको टुंगो लगाउदै नेकपा
अ अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख चयनका लागि छलफल तीव्र बनाएको छ । पुस ४ गते अपराह्न ४ बजे संघीय संसदको बैठक आह्वान भएसँगै त्यस अगावै सहमति जुटाउने अन्तिम प्रयास भइरहेको छ । नेकपामा अहिले सभामुखका विषयमा तीन जनाको नाम चर्चामा रहेको छ । पूर्वसभामुख सुवास नेम्वाङ, अग्नि सापकोटा र उपसभामुख शिवमाया तुम्बाहाङफेको नाम चर्चामा छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निरन्तर यसविषयमा छलफल भईरहेकाले बिहीबारसम्म टुंगोमा पुग्ने नेताहरुले जानकारी दिएका छन् । यद्यपी नेकपाले सभामुख लिने पक्कापक्की भएकाले उपसभामुखको राजीनामा समेत आउने लगभग पक्का जस्तैछ । ‘पहिला सभामुख कसलाई बनाउने भनेर शीर्ष दुई नेताबीच नाममा सहमति जुटेपछि पार्टीले उपसभामुखलाई पदबाट राजीनामा गर्न निर्देशन दिनेछ’, एक नेताले भने,‘उपसभामुखले राजीनामा दिएपछि संसदले सभामुख चयनको प्रक्रिया सुरु गर्नेछ ।’

स्रोतका अनुसार सभामुख पदको जिम्मेबारी संसदीय दलका उपनेता नेम्वाङलाई दिने नेकपाभित्र मोटामोटी सहमति भएको दाबी गरेको छ । पाँचौँ अधिवेशनको बैठक बस्नु अगावै सभामुख चयन प्रक्रियाअघि बढाउने तयारी गरेको सत्ता नेतृत्वकर्ता दल नेकपाले पूर्व सभामुख नेम्वाङलाई जिम्मेवारी दिन लागेको हो । उनलाई सभामुख बनाउने तयारी भएपछि नेम्वाङले गृहजिल्ला इलाम जाने कार्यक्रमसम्म स्थगित गरिसकेका छन् । नेकपाभित्र अध्यक्ष ‘प्रचण्ड’ समेत नेम्वाङको नाममा सहमति जनाईसकेको स्रोतको दाबी छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने सभामुखको नाममा छलफल जारी रहेपनि औपचारिक सहमति नभएको बताए । उनले नेताहरुबीच छलफल चलिरहेकाले संसद बैठक अगावै सहमति जुट्ने जानकारी दिए । ‘पार्टीभित्र सभामुख कसलाई बनाउने भनेर छलफल चलिरहेको छ,’ प्रवक्ता श्रेष्ठले भने,‘बिहीबारसम्ममा सभामुखको विषयमा ठोस निर्णय आउन सक्छ ।’ नेताहरूबीच अन्तिम सहमतिका लागि बिहीबार पुन छलफल हुने भएको छ । नेकपाका मुख्य सचेतक देव गुरुङले नीतिगत रूपमा भएका व्यवस्थाका आधारमा वैधानिक विधिद्वारा सभामुख चयनको प्रक्रिया अघि बढ्ने बताउँदै पार्टीले चयन गर्ने उम्मेदवारको नाममा विवाद नरहने स्पष्ट पारे ।

नेकपाले सभामुख पद आफैँले राखेर उपसभामुखमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई अघि सार्ने तयारी गरेको स्रोतको भनाइ छ । जनमोर्चासँग चुनावी तालमेल समेत गरिसकेको नेकपाले उपसभामुख भने उसैलाई दिने तयारी गरेको हो । संविधान अनुसार प्रतिनिधिसभाको सभामुख र उपसभामुख एउटै दलको हुन नहुने र फरक लिङ्गको हुनुपर्ने बाध्यकारी व्यवस्था रहेको छ ।

तर, नेकपाभित्र तत्काल फेरी कुनै सहमति नजुटेमा भने संसद संचालन नियमावली संशोधन गरेर उपसभामुखले नै केही समय संसद चलाउने छिन् । नियमावलीले संसदको प्रारम्भ र अन्त्य सभामुखले नै गर्नुपर्ने व्यवस्था उल्लेख छ । यो नियमलाई परिवर्तन गरेपछि मात्रै उपसभामुखले सभामुखको हैसियतमा संसदको शुरु गर्ने बैठकको अध्यक्षता गर्न पाउनेछिन् । सौर्य दैनिकबाट