११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नेकपा र राजपाबीच चुनावी तालमेल, राष्ट्रिय सभामा प्रदेश २ का रिक्त चारमध्ये दुई–दुई सिट लिँदै

नेकपा र राजपाबीच चुनावी तालमेल, राष्ट्रिय सभामा प्रदेश २ का रिक्त चारमध्ये दुई–दुई सिट लिँदै
अ अ+ अ-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच आगामी ९ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको बैठकमा दुई दलले प्रदेश २ का चारमध्ये दुई/दुई सिट लिने सहमति गरेका हुन् । प्रदेश २ का आठमध्ये रिक्त हुन लागेका चार सिटमा निर्वाचन हुँदै छ । सहमतिअनुसार अन्य पुरुष समूह र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहबाट राजपाका दुई उम्मेदवारलाई नेकपाले सघाउनेछ भने महिला र दलित पुरुष समूहबाट नेकपाका दुई उम्मेदवारलाई राजपाले सघाउनेछ ।

राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अघि बढाउने सहमतिसमेत भएको छ । तर, राजपाका संयोजक राजेन्द्र महत्तोले राष्ट्रिय सभा निर्वाचनका लागि मात्रै सहकार्य भएको दाबी गरे । ‘हामीले समस्या उठाइराखेका छौँ, त्यो कति पूरा गर्नुहुन्छ हेरौँ,’ महतोले भने, ‘यदि उहाँहरू सकारात्मक हुँदै जानुभयो भने लामै सहकार्य हुन सक्छ । तर, अहिलेको सहमति राष्ट्रिय सभा निर्वाचनका लागि मात्रै हो ।’

सहमतिपत्रमा नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा राजपाका संयोजक महत्तोले हस्ताक्षर गरेका छन् । बैठकमा नेकपाको तर्फबाट ओली र प्रचण्डसहित ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ तथा राजपाको तर्फबाट महतोसहित महन्थ ठाकुर, महेन्द्र यादव, शरदसिंह भण्डारी र राजकिशोर यादव सहभागी थिए ।

समाजवादी–राजपा एकतामा असर नगर्ने दाबी: राष्ट्रिय सभा निर्वाचनमा नेकपासँग भएको सहमतिबाट समाजवादी पार्टीसँगको एकतामा कुनै फरक नपर्ने राजपा संयोजक राजेन्द्र महतोले दाबी गरे । ‘समाजवादीसँग लामो समयदेखि एकताको विषयमा छलफल गर्दै आएका छौँ,’ महतोले भने, ‘नेकपा र राजपाबीचको चुनावी तालमेलले समाजवादीसँगको एकतामा फरक पर्दैन ।’ समाजवादी सरकारमा हुँदा नै राजपाले एकताको कुरा गर्दै आएकाले पछिल्लो घटनाक्रमले कुनै असर नपर्ने महतोको जिकिर छ ।

राष्ट्रिय सभा निर्वाचन तालमेल र समाजवादीसँगको एकता फरक–फरक विषय भएको उनले स्पष्ट पारे । समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदीले पनि नेकपा र राजपाबीच भएको चुनावी तालमेलले एकतामा कुनै असर नपर्ने बताए । ‘हामीले राजपासँग एकताको विषयमा छलफल गरिराखेका छौँ । पार्टी एकता भइसकेको छैन,’ सुवेदीले भने, ‘आफ्नो निर्णय गर्न पार्टी सार्वभौम हुन्छन् । नेकपा–राजपा चुनावी तालमेलले एकतामा कुनै असर पार्दैन ।’

१८ सिटका लागि ९ माघमा निर्वाचन: निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २० पुसमा उम्मेदवारी दर्ता गर्ने भएको छ । १८ सदस्यका लागि हुने निर्वाचनको कार्यतालिका आयोगले बुधबार सार्वजनिक गरेको हो । २० पुस बिहान दश बजेदेखि दिउँसो तीन बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । राष्ट्रिय सभाका १९ सदस्यको पदावधि आगामी २० फागुनमा सकिँदै छ । पदावधि सकिने १९ मध्ये १८ जनाका लागि सबै प्रदेशमा निर्वाचन हुनेछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछिन् ।

संविधानले राष्ट्रियसभामा सदस्य रिक्त हुनुभन्दा ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । सोहीबमोजिम ९ माघको बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म निर्वाचन हुन लागेको हो । आयोगले १७ पुसमा मतदाता नामावली प्रकाशन गर्ने र सोही दिन मतदातामाथि दाबी विरोधको समय तोकेको छ । आयोगले उजुरीउपर छानबिन गरी १९ पुसको अपराह्न चार बजे मतदाताको अन्तिम नामावली सार्वजनिक गर्नेछ । १८ पदका लागि सातै प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयबाट २० पुसमा उम्मेदवारी दर्ता भएपछि २५ पुससम्म दाबी विरोधको प्रक्रिया चल्नेछ ।

आयोगले २५ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । निर्वाचनमा सात सय ५३ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा सात प्रदेशका पाँच सय ५० प्रदेश सभा सदस्यले मतदान गर्न पाउनेछन् । उनीहरूको पदभार भने फरक हुन्छ । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । आयोगका अनुसार प्रदेशबाट प्रत्यक्ष रूपमा निर्वाचित १८ जनाका लागि प्रदेशमै निर्वाचन हुनेछ ।

हरेक प्रदेशबाट एक/एक गरी सातजना महिला र अन्यतर्फ सातजना, दुईजना दलित वा अल्पसंख्यक समुदायबाट र दुईजना अपांगता भएमध्येबाट निर्वाचित हुनेछन् । राष्ट्रिय सभाका ५९ सदस्यमध्ये पहिलो दुई वर्षमा १९ जना, चार वर्षमा बाँकी २० जना र अन्य २० जनाको कार्यकाल ६ वर्षको हुनेछ । पहिलो दुई वर्षमा निर्वाचित १८ र राष्ट्रपतिबाट मनोनित अर्थमन्त्रीसमेत रहेका डा।युवराज खतिवडाको पदावधि सकिँदै छ ।

दुईवर्षे कार्यकाल पूरा गर्नेमध्ये नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नौ, कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टी एक/एकजना छन् । राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, मुख्य सचेतक सरिता प्रसाईंको पनि कार्यकाल सकिँदै छ । कांग्रेसका विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदै छ ।

नेकपाबाट खतिवडासहित हरिचरण शिवाकोटी, बलराम बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदै छ । राजपाका वृशेषचन्द्रलाल र रमेशप्रसाद यादवको म्याद सकिँदै छ भने समाजवादीका रामप्रित पासवानले पनि दुईवर्षे कार्यकाल सकिँदै छ । नयाँ पत्रिका दैनिकबाट