६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोशी प्रदेश नेसनल प्याब्सनको अध्यक्षमा खनाल सर्वसम्मत चयन, यस्ताे छ नयाँ कार्यसमिति

कोशी प्रदेश नेसनल प्याब्सनको अध्यक्षमा खनाल सर्वसम्मत चयन, यस्ताे छ नयाँ कार्यसमिति
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेशको अध्यक्षमा कमल खनाल सर्वसम्मत रूपमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै प्रदेशभरका निजी विद्यालयलाई थप व्यवस्थित, गुणस्तरीय र प्रविधिमैत्री शिक्षातर्फ उन्मुख बनाउने अपेक्षा गरिएको छ।

शनिबार मोरङको सुन्दरहरैंचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलमा सम्पन्न तेस्रो प्रदेश अधिवेशनले हिमालय इङ्गलिस स्कुलका संस्थापक प्रिन्सिपल खनाललाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो।

अधिवेशनबाट उपाध्यक्षमा झापाका दीपक न्यौपाने, सचिवमा सुनसरीका सुरेन्द्र चौधरी, सहसचिवमा सुवर्ण भट्टराई र कोषाध्यक्षमा सन्तोष कुमार राई चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा उमेश महतो, लोकबहादुर रोका, महेन्द्र कुमार राई तथा धिरज नारायण गणेश चयन भएका छन्। कार्यसमितिको सल्लाहकारमा कुमार विक्रम खवास मनोनित भएका छन्।

कार्यक्रम नवनिर्वाचित अध्यक्ष खनालकै अध्यक्षतामा सम्पन्न भएको थियो। अधिवेशनका प्रमुख अतिथि नेसनल प्याब्सनका निवर्तमान राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरी तथा विशिष्ट अतिथि केन्द्रीय सदस्य नारायण ढकाल रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डव हमाल ठकुरीले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए। उनले अब गुणस्तरीय, व्यवहारिक र प्रविधिमैत्री शिक्षामा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याउँदै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्नेतर्फ अग्रसर हुन आग्रह गरे।

विशिष्ट अतिथि नारायण ढकालले संगठनलाई थप सशक्त, एकताबद्ध र प्रभावकारी बनाउन नवगठित कार्यसमितिको भूमिका महत्वपूर्ण हुने बताए। शिक्षा क्षेत्रमा देखिएका चुनौती समाधानका लागि प्रदेशस्तरबाट सुरु भएका प्रयासलाई राष्ट्रिय स्तरसम्म विस्तार गर्नुपर्ने उनले जोड दिए।

अधिवेशनका अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पत्रकार योगेन्द्र योगी, एलएन गच्छदार, शिव भट्टराई भोजपुरे र सुरज माझी तथा विभिन्न प्रकाशन गृहका प्रमुखहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा नेसनल प्याब्सन झापाका अध्यक्ष धर्मराज माझी, मोरङका अध्यक्ष इन्द्र नारायण शाह, सुनसरीका अध्यक्ष खगेन्द्र केसी लगायत विभिन्न जिल्लाका प्रतिनिधि, विद्यालय सञ्चालक तथा शिक्षासेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

नवनिर्वाचित अध्यक्ष खनालले संगठनलाई थप गतिशील, प्रभावकारी र शिक्षामुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले प्रदेशभरका निजी विद्यालयहरूको हकहित संरक्षण, गुणस्तरीय शिक्षा प्रवर्द्धन र आपसी समन्वयलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए। साथै विद्यालय, शिक्षक र सरोकारवालाबीच सहकार्य सुदृढ गर्दै शिक्षा क्षेत्रको समग्र विकासमा सकारात्मक भूमिका खेल्ने उनको भनाइ छ।