६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मन्त्री श्रेष्ठको १०० दिन: नीतिगत सुधारदेखि सामाजिक न्यायसम्म महत्वपूर्ण उपलब्धि

मन्त्री श्रेष्ठको १०० दिन: नीतिगत सुधारदेखि सामाजिक न्यायसम्म महत्वपूर्ण उपलब्धि
अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आफ्नो कार्यकालको १०० दिने प्रगति प्रतिवेदन सार्वजनिक गरेकी छन् ।

उनले कार्यकाल सुरु भएको मङ्सिर २६ गतेदेखि चैत ८ गतेसम्मको उपलब्धि सार्वजनिक गरेकी हुन् । उनका अनुसार करिब १०० दिनको अवधिमा नीतिगत, संरचनागत तथा सेवा प्रवाह सुधारका महत्वपूर्ण प्रयास सुरु भएका छन् । सो अवधिमा मन्त्रालयले समावेशी शासन, लैङ्गिक समानता र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गरेको छ ।

नीतिगत सुधार र संस्थागत सुदृढीकरण, सार्वजनिक सेवा प्रवाह र लक्षित उपलब्धि, अन्तरराष्ट्रिय कार्यालयमा सहभागिता र कुटनीतिक भेटघाट, निर्वाचन केन्द्रित समन्वय तथा सहभागिता अभिवृद्धि, सेवा÷सहायता सामग्री वितरण, अनुगमन तथा मूल्याङ्कन, तथ्याङ्क प्रणाली सुदृढीकरणलगायत उपलब्धि मन्त्री श्रेष्ठले उल्लेख गरिन्।

यस अवधिमा मन्त्रालयले नीतिनिर्माण र सुधारलाई प्राथमिकता दिएको छ । मानव बेचबिखन तथा ओसारप्रसार(नियन्त्रण) (दोस्रो संशोधन)नियमावली, २०८२ को मस्यौदा तथा राष्ट्रिय बालबालिका नीति २०८० कार्यान्वयनको कार्ययोजनाको मस्यौदा तयार भएको छ । यसैगरी लैङ्गिक हिंसा सम्बोधन गर्न लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना तथा मर्यादित महिनावारीसम्बन्धी निर्देशिकाको मस्यौदा तयार भएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार नुवाकोटमा बालसुधार गृह स्थापना गरिएको छ । यसैगरी भक्तपुरमा निजामती कर्मचारीका शिशुका लागि दिवा शिशु स्याहार स्थापना गर्ने निर्णय भएको छ ।मन्त्रालयलाई अपाङ्गता भएका व्यक्तिको विविधता सम्बोधन गर्ने गरी सुरुआती चरणमा दृष्टिविहीन व्यक्तिको पहुँच सुनिश्चित गर्न पहिलो पटक ब्रेल एमबोस गरिएको बोर्ड तथा भिजिटिङ कार्ड प्रयोगमा ल्याइएको छ ।

समाज कल्याण परिषद्को कामकारबाहीलाई निष्पक्ष, पारदर्शी र प्रभावकारी बनाउन ‘डिजिटल सेवा प्रवाह प्रणाली’ शुभारम्भ गरिएको छ ।जेनजी आन्दोलनमा घाइते तथा प्रभावितहरुसँग निरन्तर छलफल भेटघाट तथा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सशक्तीकरणका कार्यक्रमा समेट्ने गरी प्रतिबद्धता गरिएको छ । तथ्याङ्क प्रणाली सुदृढीकरण गर्दै मन्त्रालयको कार्यक्षेत्रसँग समबन्धित ७६ जिल्लाको डाटाबेस बनाइएको छ ।

प्रतिवेदनमा मन्त्री श्रेष्ठले मन्त्रालयको कार्यक्षेत्रका विषयमा दीर्घकालीन सुधारका लागि कानुनी सुधार गर्न लामो प्रक्रिया र समय लाग्ने समस्या उल्लेख गरिन् ।मन्त्रालयले छोटो अवधिमा निर्वाचन केन्द्रित रहँदै विभिन्न नीतिगत सुधार, संस्थागत सुदृढीकरण र प्रत्यक्ष सेवा सुधारका लागि महत्वपूर्ण पहलहरु अघि बढाएको मन्त्री श्रेष्ठले सार्वजनिक गरेकाे प्रगति विवरणमा उल्लेख छ ।