६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

दोधारा-चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति चार प्रतिशत

दोधारा-चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति चार प्रतिशत
अ+ अ-

काठमाडौं । कञ्चनपुरको दोधारा-चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र गतिमा भइरहेको छ । सन् २०२५ डिसेम्बर २४ देखि निर्माण सुरु भएकामा हालसम्म चार दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीले दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलमा संरचनाको काम भइरहेको जानकारी दिए ।

“भारत सरकारको प्राविधिक र आर्थिक सहयोगमा निर्माणाधीन सुक्खा बन्दरगाहको आर्थिक प्रगति तीन दशमलव पाँच प्रतिशत छ”, उनले भने, “माटो फिलिङ, पर्खाल निर्माण, आवास निर्माणका साथै मलेरिया नालामा पुलका लागि जग निर्माण हुँदैछ ।”

इन्जिनियर केसीका अनुसार रु दुई अर्ब ३७ करोड भारतीय रुपैयाँमा निर्माण भइरहेको सुक्खा बन्दरगाह तीस महिनाभित्र सम्पन्न गरिसक्नुपर्नेछ । बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वनमा एक हजार ७०५ रुख कटानी यसअघि गरिएका थियो ।

उक्त बन्दरगाह निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच सन् २०२३ जुन १ तारिखमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । विसं २०६४ मा सरकारले कञ्चनपुरको दोधारा चाँदनीस्थित सुक्खा बन्दरगाह निर्माण गर्ने घोषणा गरेको हो ।

लामो समय जग्गा उपलब्ध नहुँदा निर्माणको विषय अन्योल बनेको थियो । “ढुङ्गा, माटो, गिट्टी, ग्राइभेल र इँटालगायत सामग्री निर्माण कम्पनीले नेपाली प्रयोग गरिरहेको छ”, इन्जिनियर केसीले भने, “त्यो बाहेकका निर्माण सामग्री भारतबाट आयात गरेरकाम अघि बढेको छ ।”

बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, क्वारेन्टाइन भवन, भन्सार जाँच भवन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायत पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । भारततर्फबाट पनि सुक्खा बन्दरगाह सम्मको पहुँचमार्ग निर्माण जारी छ ।