१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित सात जना पक्राउ



अ+ अ-

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको बूढानीलकण्ठ नगरपालिका –१० बाट एक जना, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट दुई जना, धरान उपमहानगरपालिका–१५ बाट एक जनालाई खैरो हेरोइन र गाँजासहित गएराति उनीहरुलाई पक्राउ गरिएको हो ।

यसैगरी, झापाको विर्तामोड नगरपालिका–३ बाट एक जना, कञ्चनपुरको बेलौरी नगरपालिका–१० पन्तचोकबाट एकजना र कैलालीको धनगढी उपमहानगरपालिका–१० घुइयाबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो