१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङका हिमाली भेगमा बाक्लो हिमपात, कञ्चनजङ्घा क्षेत्र सेताम्मे



अ+ अ-

काठमाडाैँ । दुई दिन लगातार वर्षा भएपछि मौसम खुलेसँगै ताप्लेजुङका डाँडाकाँडा यतिबेला चाँदीझैँ सेताम्मे देखिएका छन्। उच्च हिमाली भेगमा परेको बाक्लो हिमपातले जिल्लाको प्राकृतिक सौन्दर्य झनै मनमोहक बनेको छ।

मैवाखोला गाउँपालिकाअन्तर्गत तीजुरे–मिल्के–जलजले क्षेत्र बिहानैदेखि हिउँले ढाकिएको देखिएको छ। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासहित कुम्भकर्ण, पाथीभरा र मानाभरा क्षेत्र पनि सेताम्मे बनेका छन्। मौसम खुलेसँगै हिउँ खेल्न जाने आन्तरिक पर्यटकको आगमन समेत बढ्न थालेको छ।

शुक्रबार साँझदेखि सुरु भएको हिमपातले जिल्लाका विभिन्न हिमाली क्षेत्र प्रभावित भएका छन्। फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपस्थित घुन्सा, फले तथा वडा नं. ७ को ओलाङ्चुङगोला क्षेत्रमा उल्लेख्य हिमपात भएको छ। त्यस्तै, मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोला, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकाका माथिल्ला भेग, मिल्के–जलजले क्षेत्र तथा सिदिङ्वा गाउँपालिकाको तिम्बुङ पोखरी क्षेत्रमा पनि बाक्लो हिमपात भएको स्थानीयले बताएका छन्।

प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा समेत हिमपात भएको छ। पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा धामदेखि फेदी बजार हुँदै गुराँसे डाँडासम्म हिउँ जमेको छ।

हिमपातसँगै जिल्लाका हिमाली बस्तीहरूमा चिसो अत्यधिक बढेको छ। विशेषगरी ओलाङ्चुङगोला, याङ्मा, फले र घुन्सा क्षेत्रमा चिसो बढेको स्थानीय फुटी शेर्पाले जानकारी दिएका छन्।