१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

पोखरेली कवि तथा साहित्यकार भिमादका पर्यटकीय गन्तव्यमा

पोखरेली कवि तथा साहित्यकार भिमादका पर्यटकीय गन्तव्यमा
अ अ+ अ-

गण्डकी। पोखरालाई मुख्य कार्यथलो बनाउनुभएका कवि तथा साहित्यकारहरूले आज तनहुँको भिमाद नगरपालिकाका पर्यटकीय गन्तव्यको स्थलगत अवलोकन भ्रमण गरेका छन् ।

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखरा एवम् भिमाद नगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित ‘भिमाद क्षेत्रमा ऐतिहासिक तथा पर्यटकीय स्थलको अवलोकन तथा साहित्यिक कार्यक्रम’का क्रममा उनीहरूले यहाँका पर्यटकीय गन्तव्यको स्थलगत अवलोकनसँगै पर्यटकीय महत्व र सम्भावनाबारे जानकारी लिएका हुन् ।

उक्त क्रममा उनीहलाई प्राकृतिक एवम् ऐतिहासिक महत्वको भिमाद नगरपालिका ९ स्थित सिद्ध गुफा, चमेरे गुफासँगै भिमबाँध, तीन सय वर्षभन्दा पुरानो शिवालय मन्दिर, ढोर मिनमखानीको फलाम खानीबाट निकालेर बनाइएको झोलुङ्गे पुलआदिबारे भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले जानकारी गराउनुुभयो ।

भिमाद क्षेत्रमा महत्वपूर्ण प्राकृतिक एवम् ऐतिहासिक महत्वकास्थल रहेको बताउँदै उहाँले नगरपालिकाले यी गन्तव्यको पर्यटकीय उपयोगलाई जोड दिएको उल्लेख गर्नुभयो । अवलोकनकै क्रममा सिद्ध गुफा क्षेत्रमा आयोजित साहित्यिक कार्यक्रममा कवि तथा साहित्यकारहरू सेतीकाली साहित्य सङ्गमका अध्यक्ष नारायण कैलाश सिग्देल, कृष्ण भण्डारी मुमुुक्षु, बसन्त चालिसे, चन्द्रावती वाग्ले, बेदहरि तिमल्सिना, कमल पौडेल(अथक), सिर्जना सापकोटा, शान्ति कँडेल, पुण्यप्रसाद भट्टराई, दिनानाथ पराजुली, नवराज न्यौपाने, गायत्री पराजुली, भिमबहादुर ज्यालादारी, डा विष्णुप्रसाद शर्मा, डा कृष्ण भण्डारी, डा भूमिराज बस्ताकोटी, विश्वबन्धु भण्डारीलगायतले विभिन्न विधाका रचना वाचन गर्नुुभएको थियो ।

कार्यक्रममा सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष सुरज पौडेलले प्रतिष्ठानले हरेक महिना विभिन्न पर्यटकीय गन्तव्यमा पुुगी साहित्यिक कार्यक्रमसँगै अनुसन्धानात्मक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । प्रतिष्ठानका सदस्य एवम् कार्यक्रम संयोजक अम्बिकाप्रसाद भट्टराईले यस कार्यक्रमले भिमाद क्षेत्रका पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको बताउनुुभयो ।

प्रतिष्ठाने साहित्यक पर्यटनको विकासलाई उच्च प्राथमिकतामा राख्दै आएको उहाँको भनाइ छ ।  रासस