५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 25.34

Wind: 5.14

Humidity: 57

Latest
प्रधानमन्त्री ओलीबाट भरतपुरमा ६ लेनको सडक उद्घाटन गण्डकी सरकारले विपद् उद्धारका सामग्री एकद्वार प्रणालीमार्फत हस्तान्तरण गर्ने तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई उपचारका लागि रिहा गर्ने तयारी सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुुस्: प्रधानमन्त्री राज्य व्यवस्था समितिमा अख्तियारसम्बन्धी विधेयकको खोजि संघीय निजामती विधेयकः अतिरिक्त सचिव र ‘कुलिङ पिरियड’को अवधिमा सहमति जुटाउन सकस सम्पदा पदयात्रा गरी मनाइयो विश्व सम्पदा दिवस सिक्किममा निश्चललाई स्वर्ण जापानसँगको व्यापार सम्झौताप्रति ’अत्यन्त आशावादी’: जापानका लागि अमेरिकी राजदूत नेपोनको अध्यक्षमा पाण्डे चयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसीहरु हिन्दूको नाममा तात्तिए



अ+ अ-

काठमाडौँ । नेपाल परापुर्बकाल देखि हिन्दुराज्य हुदाहुदै कुनबेला धर्म निरुपेक्षेताको शब्द आयो थाहै भएन त्यसकारण यस्लाई सच्याउन र हिन्दुत्वलाई अगाडी बढाउनु पर्छ यसको जिम्मेवारी प्रजातान्त्रिक बिचारलेनै लिनु पर्छ भन्दै काठमाडौँमा एक बृहत भेला सम्पन्न भयो ।

परापुर्बकाल देखि नेपाल सनातन धर्न र संस्कृतिमा अगाडी रहेको र स्वाधिन देशमा कुन बेला शव्द परिवर्तन भई परचक्रीको खेल हुन थाल्यो र यहाँ अरुले रजाई गर्न थाल्यो भन्ने जनतानै अन्योल रहेको कुरा भेलामा भएको थियो ।

त्यसबेलाका नीतिनिर्माणमा रहेका संसदलेहरुले समेत उक्त बेला भएको गल्तिको लागि आफु सजाय भोग्न तयार रहेको कुरा बताए । त्यसताका एक्लोको आवाजमा कसैले ध्यान नदिएको गुनासो सोहि कार्यक्रममा होमनाथ दहालले बताए । जात धर्म र भाइचाराको बिरोधमा राजनीति गराई एकै घरपरिवारमा बिश्वास गुमाउनु परेको तितो यथार्थ भएको कांग्रेस नेता तथा पुर्व मन्त्री शुशिल शेरचले बताएका छन् ।

हिन्दुत्वको कुरा हिन्दुहरु मात्र बीचमा होइन कि हिन्दुत्वको कुरा नै सुन्न नचाहनेहरुको बिचमा गरेर उनीहरुलाई सकारात्मक बनाउनुपर्छ भन्ने राय बरिष्ट पत्रकार देवप्रकाश त्रीपाठिले राखे ।

९०५ प्रतिशत ओमकार परिवार र पचासी प्रतिशत हिन्दु भएको देश बिदेशिको इशारामा चल्यो कहिले होलि वाइनको नाममा कहिले बिदेशी संस्कार र संस्कृतिको नाममा भेन अब त बोल्नै पर्ने भयो, सडकमा ओर्लनै पर्ने भयो र हाम्रा नेताहरुलाई जबर्जस्ति कार्यन्वयन गराउनै पर्ने भयो भन्दै पुर्व मन्त्री तथा कांग्रेशका अग्रज,वरिष्ठ नेता बिपिन कोइरलाले सबैलाई आव्हान पनि गरे, त्यसैगरी अर्का वरिष्ठ नेता तारानाथ रानाभाटपनि सबै हिन्दु बिरुद्धका क्रियाकलापहरु गलत भएको हुँदा यस्लाई सच्याउन पर्ने बताउछन ।

सनातन धर्म एवं नेपाली संस्कृती संरक्षण अभियानको ब्यानरमा आयोजित उक्त कार्यक्रममा कांग्रेशका अन्य बरिष्ट नेताहरुले पनी आफ्नो धारणा राखेका थिए । सो कार्यक्रमको संयोजक कांग्रेशका बरिष्ट नेता बिपिन कोईराला थिए भने प्रमुख अथिती तरानाथ रानाभाट रहेका थिए