१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडामा टावर भाँचिएपछि एफएम प्रसारण बन्द



अ+ अ-

काठमाडाैँ ।  तीव्र हावाहुरीका कारण टावर भाँचिँदा हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडास्थित हेटौँडा एफएम ९९.६ मेगाहर्जको प्रसारण अवरुद्ध भएको छ।

गए राति चलेको हावाहुरीले एफएमको करिब १२० मिटर अग्लो टावर बीच भागमै भाँचिएपछि प्रसारण पूर्ण रूपमा बन्द भएको एफएमका अध्यक्ष उज्ज्वल चौलागाईंले जानकारी दिए । उनका अनुसार प्रसारण एन्टेनासहितको टावर भाँचिँदा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

भाँचिएको टावर मर्मत गरी छिट्टै रेडियो पुनः सञ्चालनमा ल्याइने अध्यक्ष चौलागाईंले बताए ।