६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा

नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
अ+ अ-

काठमाडाैँ । पोखरा महानगरपालिकाले सुशासन र तथ्यमा आधारित योजना तर्जुमातर्फ महत्वपूर्ण प्रगति गरेको छ। महानगरले पहिलोपटक ‘प्राइमरी डेटा’ सङ्कलन गरी हरेक घरपरिवारको विस्तृत विवरण तयार पारेपछि विकास योजनालाई अझ प्रभावकारी बनाउने आधार तयार भएको जनाएको छ।

मेयर धनराज आचार्यका अनुसार विगतमा पोखराभित्र कति घर छन् र नागरिकको आर्थिक अवस्था कस्तो छ भन्ने विषय अनुमानका भरमा सञ्चालन हुँदै आएको थियो। तर अहिले महानगरले प्रत्यक्ष तथ्याङ्क संकलन गरेर हरेक घरको वास्तविक अवस्था अभिलेखीकरण गरेको छ।

संकलित तथ्याङ्कअनुसार पोखरा महानगरपालिकाभित्र कुल १ लाख ४८ हजार ७२५ घरधुरी रहेका छन्। यस क्रममा कुन घर गरिबीको रेखामुनि छन्, को बेरोजगार छन्, को रोजगार छन् र परिवारको आर्थिक अवस्था कस्तो छ भन्ने विस्तृत विवरण समेत तयार गरिएको महानगरले जनाएको छ।

मेयर आचार्यले उक्त तथ्याङ्कले लक्षित वर्गका लागि प्रभावकारी योजना बनाउन सहज बनाएको र पोखरालाई आर्थिक रूपमा सुदृढ शहरको रूपमा विकास गर्न आधार प्रदान गरेको बताए। उनका अनुसार अब अनुमानका आधारमा बजेट विनियोजन गर्ने पुरानो अभ्यास अन्त्य हुँदै तथ्यमा आधारित विकास मोडेल लागू गरिएको छ।

महानगरले तयार पारेको यो डेटाबेसले राजश्व सङ्कलन, शहरी योजना निर्माण तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास गरिएको छ।