३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकारी निर्देशकबाट दाहालको राजीनामा



अ+ अ-

काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकबाट प्रा पुरुषोत्तम दाहालले राजीनामा दिनुभएको छ । यही ९ पुसबाट लागू हुने गरी उहाँले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै नवनिर्वाचित सभापति तथा उपसभापतिलाई नवीन परिस्थितिमा कार्य सहजीकरण होस् भन्ने अभिप्रायले राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

उहाँले तत्कालीन उपसभापति विमलेन्द्र निधि र नवनिर्वाचित उपसभापतिद्वारा पूर्णबहादुर खड्का र धनराज गुरुडलाई बोधार्थ दिँदै राजीनामा पत्रमा प्रतिष्ठान पार्टीको सैद्धान्तिक, वैचारिक र नीतिगत स्पष्टताका लागि निरन्तर क्रियाशील हुनुपर्ने र यसलाई संस्थागत बनाउन पार्टीले गम्भीर हुनुपर्ने सुझाव दिनुभएको छ । प्रा दाहाललाई २०७५ साउन १ गते तत्कालीन उपसभापति विमलेन्द्र निधिले कार्यकारी निर्देशक नियुक्त गर्नुभएको थियो ।

विसं २०३१ देखि नेपाल विद्यार्थी सङ्घ हुँदै पार्टीमा लामो समयसम्म केन्द्रीय प्रचार विभाग सदस्य र विगत २०४८ र ०५१ को आमनिर्वाचनमा प्रचार समितिको सदस्य र सदस्य सचिव भएर योगदान दिनु भएका दाहालले प्रतिष्ठानलाई संस्थागत विकास गराउन अभिलेखीकरण, प्रशिक्षण पुस्तक प्रकाशन र देशव्यापी प्रशिक्षणमा महत्वपूर्ण कार्य भएको जनाउनुभएको छ ।

दाहालले यही मङ्सिर १२ नेपाल संस्कृत विश्वविद्यालय राजनीतिशास्त्र विभागबाट उमेर हदले अनिवार्य अवकाश लिनु भएको थियो । उहाँ विगत ४५ वर्षदेखि पत्रकारितामा सक्रिय र हाल राष्ट्रिय दैनिक हिमालय टाइम्स र हरेक पल डटकम अन लाइनको सम्पादकसमेत हुनुहुन्छ । रासस