३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रषण वर्ष सफल बनाउन फोटो पत्रकारको महत्वपूर्ण भूमिका : मुख्यमन्त्री राई



अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्तिलाई सफल बनाउन फोटो पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल फोटो पत्रकार महासङ्घको प्रथम महाधिवेशनको आज क्यामराबाट फोटो खिचेर उद्घाटन गर्दै उहाँले नेपालमा रहेका महत्वपूर्ण पर्यटकीय, धार्मिक, प्राकृतिक, हिमाली क्षेत्रको प्रचारप्रसार विश्व छिमकी तथा विश्वसामु गरी समृद्ध नेपाल बनाउन सार्थक भूमिका खेल्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री राईले फोटो पत्रकारले देशलाई सही बाटोमा ल्याउन सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा ठूलो भूमिका खेलेको स्मरण गर्दै संविधानले सबै वर्गको हकअधिकार र पेशाको सुरक्षाको प्रभावकारी कार्यान्वयनको सुनिश्चित गरेको बताउनुभयो ।

उहाँले मुलुकको व्यापारघाटा न्यूनीकरणका लागि चियाको गुणस्तर कायम गरी निर्यातका लागि इलाममा चिया विकास कार्यालय स्थापना गरिएको जानकारी दिँदै बङ्गलादेशसँग कृषि उत्पादन निर्यातका लागि महत्वपूर्ण व्यापारिक छलफलका लागि आज राजदूत तथा अधिकारीसँग छफलफल कार्यक्रम राखिएको छ भन्नुभयो । मुख्यमन्त्री राईले प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रचारका लागि फोटो पत्रकारलाई भ्रमणमा सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारकर्मीले मन्त्री तथा नेताको कमीकमजोरी तथ्यसहित समाचार सम्प्रेषण गरेमा मुलुकमा सुशासन कायम हुने बताउनुभयो । उहाँले प्रदेश सरकार पत्रकारको सुरक्षाप्रति चिन्तित रहेको छ भन्दै सरकारले कार्यविधि बनाई कार्यान्वयन गर्ने दृढता व्यक्त गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यावसायिक पत्रकारको जीवनयापनका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारले विशेष नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव रमेश विष्टले फोटो पत्रकारलाई प्राविधिक दक्षता प्रदान गर्न महासङ्घले आवश्यक तालीमको आयोजना गरिरहेको छ भन्नुभयो । नेपाली काँग्रेस प्रदेश सचेतक केदार कार्कीले मुलकमा सुशासन कायम गर्न क्यामरा प्रयोग गर्न आग्रह गर्नुभयो ।

फोटो पत्रकार महासङ्घका केन्द्रीय सभापति ध्रुव आले, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का मोरङ अध्यक्ष ऋषि पोखरेल, नेपाली काँग्रेस मोरङ सचिव मोदराज घिमिरे, फोटो पत्रकार महासङ्घका महासचिव हरि रेग्मी, प्रदेश प्रमुख बेदराज पौडेल, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेलले नेपाल भ्रमण वर्ष पूर्वसन्ध्यामा भएको यस कार्यक्रमले सकारात्मक सन्देश दिने र समृद्ध पत्रकार बनाउनुका लागि पत्रकारमैत्री कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा मुख्यमन्त्री राईले प्रदेशको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेवापत पत्रकार मोहन भण्डारी र हर्ष सुब्बालाई रु २१ हजार १०० सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो । महाधिवेशनमा ६४ जिल्लाका २०० प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको छ । महासङ्घ विसं २०७४ चैत २८ गते स्थापना भएको हो ।




भर्खरै