५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको निर्वाचन सम्पन्न भएकामा चीनको बधाई, मिलेर काम गर्न इच्छुक



अ+ अ-

काठमाडौँ: चीन सरकारले नेपालमा सम्पन्न संघीय संसद् निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिएको छ। साथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेकोमा शुभकामना दिएको छ।

चीनको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा चीनले नेपालसँगको परम्परागत मित्रता अझ सुदृढ बनाउँदै लैजान तयार रहेको जनाएको छ।

नेपालसँगको सहकार्यलाई थप गहिरो बनाउँदै द्विपक्षीय सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । नेपालमा नयाँ गठन हुने सरकारसँग सहकार्य गर्दै आपसी हित, विकास र क्षेत्रीय स्थायित्वका लागि मिलेर काम गर्ने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।




भर्खरै