६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कर्णाली प्रदेशसभा बैठक : ‘हवाई सेवासम्बन्धी सङकल्प प्रस्ताव’ पारित

कर्णाली प्रदेशसभा बैठक : ‘हवाई सेवासम्बन्धी सङकल्प प्रस्ताव’ पारित
अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशसभामा आज बसेको बैठकमा प्रदेशसभाबाट पहाडी तथा दुर्गम जिल्लामा नियमित हवाई सेवासम्बन्धी सङ्कल्प प्रस्ताव पास भएको छ ।

प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टले प्रदेशसभामा पेस गरेको उक्त सङकल्प प्रस्ताव सर्वसहमतिले पास गरेको हो । उक्त प्रस्तावको समर्थकमा प्रदेशसभा सदस्य दक्षिणा शाही, टेकराज पछाइ रहनुभएको थियो ।

उक्त प्रस्तावको पक्षमा प्रदेशसभा सदस्य उर्मिला विकले समर्थन गर्नुभएको थियो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रदेशसभामा उठेका कुराको जवाफ दिँदै हवाई सेवाका लागि रु ४० लाख बजेट विनियोजन भएको बताउनुभयो । यो रकम कार्यान्वयन गर्नका लागि मन्त्रालयमा कार्यविधि मस्यौदा निर्माणको चरणमा रहेको जानकारी दिनुभयो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट प्रदेशका पहाडी तथा दुर्गम जिल्लामा नियमित हवाई उडान गर्ने सम्बन्धमा बनेको सङ्कल्प प्रस्ताव सर्वसहमतिले पास भएसँगै सङ्घीय सरकारसँग छलफल हुने प्रदेशसभा सदस्यहरूले बताएका छन् ।

कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दुर्गम तथा हिमाली जिल्लामा उडान नहुँदा लुम्बिनी प्रदेशको नेपालगञ्जबाट यात्रुले हवाई सेवा लिने गरेका छन् । रासस